पहराको फूल कवितासङग्रहमा विम्बविधान

Authors

  • भूमिराज Bhumiraj बस्ताकोटी Bastakoti नेपाली विभाग, कन्या क्याम्पस पोखरा

DOI:

https://doi.org/10.3126/pw.v14i01.69765

Keywords:

आलङकारिक विम्ब, पहराको फूल, प्रतीकात्मक विम्ब, विम्ब, विम्बविधान

Abstract

प्रस्तुत लेख ‘पहराको फूल’ कवितासङग्रहमा विम्बविधानसँग सम्बन्धित रहेर तयार पारिएको छ । कवितालाई कलात्मकता प्रदान गर्ने एउटा प्रमुख पक्ष विम्ब भएको र विम्बविधानका दृष्टिले समसामयिक कवितामा यस सङग्रह प्रभावशाली देखिएकाले यस्तो शीर्षक छनोट गरिएको हो । ‘पहराको फूल’ कवितासङग्रहमा के कस्ता विम्बको विधान गरिएको छ ? भन्ने मूल शोधप्रश्न लिएर यसमा अध्ययन गरिएको छ । सङग्रहमा प्रस्तुत कवितामा विम्बविधानको स्थितिलाई चित्रण गर्नु यसको खास उद्देश्य हो । सङग्रहको चयन तथा त्यसभित्रका कविता र कवितांश चयनमा सोद्देश्यमूलक नमुना छनोट विधि अवलम्बन गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचाभित्र रही पाठविश्लेषण विधिको उपयोग यसमा गरिएको छ । विम्बका बारेमा पूर्व अध्येताका पुस्तक तथा शोधप्रबन्धबाट सैद्धान्तिक आधार निर्माण गरी तिनका अनेक प्रकारमध्ये आलङकारिक, प्रतीकात्मक, दृश्य, श्रव्य, स्पर्श, प्राकृतिक, स्मृति, संश्लिष्ट, प्रणय र निजी गरी १० प्रकारलाई विश्लेषणको आधार बनाइएको छ । प्रकार छनोटको आधारका रूपमा प्रयोगको आधिक्य तथा कलात्मक विधानलाई लिइएको छ । अन्यभन्दा आलङकारिक, प्रतीकात्मक र दृश्य विम्बको आधिक्य साथै नारी संवेदनागत विषय लिएर लेखिएका कवितामा विम्बको कलात्मक र मारक विधान भएको छ भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त हुन आएको छ । 

Downloads

Download data is not yet available.
Abstract
7
PDF
4

Author Biography

भूमिराज Bhumiraj बस्ताकोटी Bastakoti, नेपाली विभाग, कन्या क्याम्पस पोखरा

उपप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

बस्ताकोटी Bastakoti भ. B. (2024). पहराको फूल कवितासङग्रहमा विम्बविधान . Prithvi Wangmaya, 14(01), 131–143. https://doi.org/10.3126/pw.v14i01.69765

Issue

Section

Articles