कखरा उपन्यासमा बालमनोविज्ञान

Authors

  • सुरज Suraj पौडेल Poudel नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/pw.v14i01.69763

Keywords:

अनुकरण, कुतूहलता, खेलप्रियता, भय, संवेग

Abstract

प्रस्तुत लेख हरिहर तिमिल्सिनाको कखरा (२०७८) उपन्यासलाई बालमनोविज्ञानका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । कखरा उपन्यासमा बालमनोविज्ञानलाई कसरी प्रयोग गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ । लेख तयार पार्ने सन्दर्भमा पुस्तकालय कार्यको उपयोग गरी प्राथमिक स्रोतको सामग्रीमा कखरा उपन्यास र द्वितीयक स्रोतका सामग्रीमा बालमनोविज्ञानसम्बन्धी सैद्धान्तिक अवधारणा र उपन्याससग सम्बन्धित पूर्वअध्ययन रहेका छन । गुणात्मक विधि र पाठविश्लेषण ढाँचालाई अवलम्बन गरिएको यस अध्ययनमा प्रस्तुत उपन्यासलाई संवेग र संवेगात्मक अभिव्यक्ति, सामाजिक समूह र व्यवहार एवम भाषिक पक्षका आधारमा विश्लेषण गरिएको    छ । उपन्यासमा कुतूहलता, डर, पीडा, आक्रोश, खुसी, रिस, जिज्ञासा जस्ता बालसंवेगहरूको चित्रण पाइन्छ भने खेलप्रियता, अनुकरण, प्रदर्शन, प्रहसन, झगडा, गाली, सहयोग, सहकार्य जस्ता समाज मनोविज्ञानसग जोडिएका पक्षहरूको चित्रण गरिएको छ । साथै बालबालिकाले आफ्नो समूहमा प्रयोग गरेका खास किसिमका भाषिक पक्षको चित्रण पनि उपन्यासमा गरिएको छ । उपन्यासका बालपात्रहरू अभिभावक, शिक्षक र विद्यालय प्रशासकबाट भएका क्रूर व्यवहारबाट प्रताडित छन । भयरहित वातावरणको सिर्जना गरी बालबालिकालाई स्वतन्त्रतापूर्वक सिक्न दिनुपर्दछ । अतः बालमनोविज्ञानका संवेगात्मक, सामाजिक एवम भाषिक पक्षको चित्रणका दृष्टिले उपन्यास उत्कृष्ट बन्न पुगेको छ ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
6

Author Biography

सुरज Suraj पौडेल Poudel, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

पौडेल Poudel स. S. (2024). कखरा उपन्यासमा बालमनोविज्ञान . Prithvi Wangmaya, 14(01), 119–130. https://doi.org/10.3126/pw.v14i01.69763

Issue

Section

Articles