सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउने उपायका सम्बन्धमा भाषा शिक्षकहरूको अभिमत

Authors

  • विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/pw.v14i01.69762

Keywords:

अपनत्व, कार्यकलाप, समस्या समाधान, सहयोगात्मक सिकाइ, सिकारु

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको सिकाइ सहजीकरणमा केन्द्रित छ । यस अनुसन्धानको उद्देश्य उक्त तहको नेपाली भाषा सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउने उपायसम्बन्धी शिक्षकहरूको धारणा पहिल्याउनु रहेको छ । यो अनुसन्धान गुणात्मक विधि, व्याख्यावादी दृष्टिकोण, घटना अनुभव ढाँचा र रचनावादी (निर्माणवादी) सिद्धान्तमा आधारित छ । यसका लागि पोखरा महानगरपालिकाका स्नातक तहमा अध्यापन गर्ने शिक्षकहरूलाई सूचकका रूपमा लिई अन्तर्वार्ता उपकरणका माध्यमबाट उनीहरूका सिकाइ सहजीकरणसँग सम्बन्धित जीवन्त अनुभव सङकलन गरिएको छ । प्राप्त तथ्याङकलाई अभिलेखन गर्ने, सङकेतन गर्ने र विषयवस्तु बनाई प्रस्तुतीकरणका साथ छलफल गरी निष्कर्ष निकालिएको छ । अनुसन्धानको प्राप्तितर्फ दृष्टि दिँदा सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउन सिकारुलाई सिकाइमा नियमित, सक्रिय र सहभागी बनाउन आवश्यक छ । यसैगरी सिकाइ सहजीकरणबाट सिकारुमा नै ज्ञानको निर्माण गराउने, सन्दर्भ र समस्या केन्द्रित सिकाइमा जोड दिने, सिद्धान्त र व्यवहारबिचको समन्वय गराउने गर्नुपर्छ भन्ने धारणा शिक्षकहरूको छ । समस्याको समाधानमा सिकारुलाई नै उत्प्रेरित गर्ने, शिक्षक सिकाइमा सहजकर्ताका रूपमा र सिकारु सिकाइमा सक्रिय रहने साथै सिकारुमैत्री कार्यकलाप र सामग्रीको उपयोग गर्नाले सहभागितामूलक सिकाइ सफल हुने देखिन्छ । यस तरिकाबाट गरिएको सिकाइ सहजीकरणले सिकारुमा अपनत्वको विकास हुने, सिकाइमा स्थायी परिवर्तन ल्याउन सहयोग पुग्ने तथा न्यायपूर्ण समाजको निर्माण गर्ने  संस्कारको विकास हुने अभिमत सम्बन्धित शिक्षकहरूको  छ । यसर्थ सिकाइ सहजीकरणलाई अर्थपूर्ण बनाउन सिकारुको शैक्षणिक र मनोवैज्ञानिक पक्षले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । 

Downloads

Download data is not yet available.
Abstract
10
PDF
4

Author Biography

विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

शर्मा Sharma व. B. (2024). सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउने उपायका सम्बन्धमा भाषा शिक्षकहरूको अभिमत . Prithvi Wangmaya, 14(01), 104–118. https://doi.org/10.3126/pw.v14i01.69762

Issue

Section

Articles