कालीगण्डकी कवितामा व्यक्त समाधिस्थभित्रको अन्तर्य

Authors

  • बोधराज Bodhraj ढकाल Dhakal नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/pw.v14i01.69761

Keywords:

पूर्णसृजन, ध्यानस्थ, दिव्यज्ञान, अपवर्ग, अन्तर्य

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख ‘कालीगण्डकी’ कवितामा व्यक्त समाधिस्थभित्रको अन्तर्यको विश्लेषणमा आधारित छ । यस लेखमा कविताको अन्तर्यमा कविले व्यक्त गरेको आध्यात्मिक दर्शनका तत्वचिन्तनको विवेचन गरी तथ्य निरूपण गरिएको छ । धर्तीकै दिव्यस्थल मोक्षधामबाट उत्पन्न भई दिव्यशिला शालिग्राम सृजना गर्ने कालीगण्डकीको किनारैकिनार मुहानमा पुगी ध्यानस्थ भएर कविले परमानन्द लिन खोजेको अन्तर्य विषयलाई यहाँ विश्लेषण गरिएको छ । गुणात्मक अध्ययन पद्धतिमा आधारित यस अध्ययनमा पुस्तकालयीय कार्यका माध्यमबाट प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको सङकलन गरी उद्देश्यमूलक नमुना छनोट पद्धतिका माध्यमबाट ‘कालीगण्डकी’ कवितालाई छनोट गरिएको छ । पूर्वीय षडदर्शनहरूमध्ये सापेक्षित रहेका दर्शनहरूका निवृत्तिसँग सम्बन्धित दृष्टिकोण कवितामा व्यक्त समाधिस्थभित्रको अन्तर्यको सन्दर्भलाई साक्ष्यका रूपमा दृष्टान्तसहित व्याख्यापरक विधिमार्फत विश्लेषण गरिएको छ । एपिए सातौँ संस्करणलाई अवलम्बन गरिएको यस लेखमा कविले कवितामा व्यक्त गरेको समाधिस्थको विषयसँग पूर्वीय षडदर्शनहरू साङख्य, न्याय, मीमांसा, योग र वेदान्त दर्शनले अगाडि सारेका मोक्षसँग सम्बन्धित चिन्तनको अवस्था सापेक्षित बनेर प्रस्तुत भएको देखिन्छ । कवितामा कविले कालीगण्डकीको सृजनशिल्पको सन्दर्भमा साङख्य दर्शन, अलौकिक कला रहस्य बुझ्न खोजेको विषयमा न्याय दर्शन, कालीको किनारै किनार मुक्तिधाममा पुगेर ध्यानस्थ हुन खोजेको विषयमा योग दर्शन, आनन्द प्राप्त गर्न खोजेको सन्दर्भमा मीमांसा दर्शन र सृजनामा सम्पूर्णताको खोजी र मोक्ष प्राप्त गर्न चाहेको प्रसङगमा वेदान्त दर्शनका अभिलक्षणहरू नै समाधिस्थभित्रको अन्तर्य भएको कुरालाई प्रस्तुत लेखमा दृष्टान्तसहित निरूपण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
14

Author Biography

बोधराज Bodhraj ढकाल Dhakal, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

ढकाल Dhakal ब. B. (2024). कालीगण्डकी कवितामा व्यक्त समाधिस्थभित्रको अन्तर्य . Prithvi Wangmaya, 14(01), 94–103. https://doi.org/10.3126/pw.v14i01.69761

Issue

Section

Articles