आत्मावतारका कथाहरूमा नारीवादी चेतना

Authors

  • बाबुराम Baburam अधिकारी Adhikari नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/pw.v14i01.69760

Keywords:

समसामयिक, पितृसत्तात्मक, परिस्थितिजन्य, इच्छामुक्ति, मनोद्वन्द्व

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख आत्मावतार कथासङग्रहका कथाहरूमा नारीवादी चेतनासम्बन्धी अध्ययनमा आधारित छ । नारीवादी सिद्धान्तका आधारमा तत्सम्बन्धी कथाहरूको विश्लेषण गुणात्मक अध्ययन विधिका माध्यमबाट गरिएको छ । आत्मावतार कथासङग्रहका लाहुरेकी बहिनी, इच्छामुक्ति, मन, आत्मावतार, बगैँचा, सीमान्त, उपहार गरी सातवटा कथामा नारीका विषयमा केही कुरा उठाइएको हुँदा यिनै कथालाई मात्र प्राथमिक सामग्रीका रूपमा लिइएको छ । नारीवादी सिद्धान्तका आधारमा अध्ययन भएका सामग्री द्वितीय सामग्रीका रूपमा लिइएको छ । आत्मावतार कथासङग्रहका उल्लिखित कथाहरूमा नारीवादी चिन्तनलाई प्रयोग गरिएको छ । नारीलाई केन्द्रमा राखेर उनीहरूका सामाजिक, आर्थिक एवम सांस्कृतिक स्वतन्त्रता र समानताको आवाज यी कथामा उठाइएको छ । नारीहरूप्रतिको अन्यायपूर्ण सामाजिक व्यवहार र सोचको विरोध गर्दै नेपाली समाजमा अधिकारबाट वञ्चित नारीका पक्षमा कथाहरू केन्द्रित रहेका छन । सामाजिक कुसंस्कारका रूपमा रहेको पितृसत्तात्मक चिन्तनबाट मात्र नारीहरूले पीडा भोग्न परेको छैन, कतिपय परिस्थितिमा नारी उत्पीडनका कारण नारीहरू नै बनेका छन । सबै किसिमका अत्याचार, शोषण र दमनका विरुद्धमा नारीहरूले नै आवाज उठाउनु पर्दछ । महिला हिंसा, दाइजो, बलत्कार जस्ता गतिविधिलाई समाजबाट हटाउन सबै एकजुट हुनुपर्दछ र विशेष गरी नारी हकहितका लागि नारी जागरण एवम सशक्तीकरणका लागि नारी नै सचेत भएर अघि बढनुपर्दछ भन्ने सन्देश प्रवाह गर्नका लागि कथाहरू लेखिएको पुष्टि हुन्छ । 

Downloads

Download data is not yet available.
Abstract
7
PDF
3

Author Biography

बाबुराम Baburam अधिकारी Adhikari, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

सहप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

अधिकारी Adhikari ब. B. (2024). आत्मावतारका कथाहरूमा नारीवादी चेतना. Prithvi Wangmaya, 14(01), 83–93. https://doi.org/10.3126/pw.v14i01.69760

Issue

Section

Articles