नेपाली लोकगाथामा लैङगिक विभेद

Authors

  • गीताकुमारी Gitakumari पौडेल Poudel नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/pw.v14i01.69759

Keywords:

अधीनस्थता पितृसत्तात्मक, लैङगिकता, सतीप्रथा, हैकमवाद

Abstract

प्रस्तुत लेख ‘नेपाली लेकगाथा’ मा लैङगिक विभेदको विश्लेषणमा आधारित छ । लैङगिक अध्ययन नारीहित र समन्यायमा आधारित वैचारिक चिन्तन हो । यसले नारीको लैङगिक विभेदपूर्ण र शोषित अवस्थाको अस्वीकृतिमूलक अध्ययन गर्छ । यो लैङगिक अध्ययनको आधारशिला पनि हो । यहाँ लैङगिक अध्ययनको लैङगिक विभेदसम्बन्धी मान्यताका आधारमा ‘नेपाली लोकगाथा ’ लोकगाथामार्फत तत्कालीन नेपाली समाजका नारीहरूको लैङगिक विभेदपूर्ण अवस्थाको विश्लेषण गरी तथ्थपूर्ण निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । त्यसैले यस लेखलाई लैङगिक अध्ययनको विशेष गरी लैङगिक भेदभाव र शोषणमा आधारित सामाजिक अवस्थाको केन्द्रित गरिएको छ । यस लेखका लागि सामग्री सङकलन गर्न पुस्तकालयको प्रयोग गरिएको छ । सङकलित सामग्रीको विश्लेषणको लागि निगमन विधि र लेख प्रस्तुतीकरणमा वर्णनात्मक विधि अवलम्बन गरिएको छ । यहाँ वर्णनात्मक विधिको प्रयोग गरी पाठपरक तथ्यका आधारमा नारीमाथि हुने लैङगिक विभेदको तार्किक विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक सामाजिक परम्परागत मान्यता, रूढि, अन्धविश्वास, कुसंस्कार र सांस्कृतिक मुल्यलाई नारीविरोधी ज्ञानका रूपमा निर्माण गरी लैङगिक विभेद, शोषण, दमन र उत्पीडनका लागि बलियो आधार निर्माण गरिएको छ र जसका कारणले  नारीहरू लैङगिक विभेदपूर्ण व्यवहारको सिकार भएका छन । पितृसत्ताको हैकमवाद, निरङकुश शासन, उत्पीडन, सामाजिक तथा सांस्कृतिक गतिविधि तथा विभेदयुक्त सामाजिक कार्यले पुरुषको तुलनामा महिला लैङगिक विभेद र उत्पीडनमा परेको स्पष्ट हुन्छ । लोकगाथामा नारीमाथिको लङगिक विभेद र उत्पीडनको प्रमुख आधार पितृसत्ता बनेको छ भने त्यसको पनि आधारको रूपमा तत्कालीन सामन्तवादी विमर्शात्मक सामाजिक संरचना रहेको छ । यही सामाजिक संरचनाका कारण नारीहरू बालविवाह, अनमेल विवाह, सतीप्रथा, लैङगिक विभेद र लैङगिक उत्पीडनको सिकार भएका छन जसले गर्दा नारीको प्रतिरोध शक्ति कमजोर भई उनीहरूले अबला, निरीह, शक्तिहीन र कमजोर अवस्था भोग्न बाध्य भएका छन । पितृसत्ताले मानिसको प्राकृतिक लिङगका विपरीत सामाजिक सांस्कृतिक आधारमा निर्मित विभेदकारी लैङगिकसम्बन्ध स्थापित गरी नारीहरूलाई लैङगिक विभेद गरेको निष्कर्ष प्राप्त भएको छ ।  

Downloads

Download data is not yet available.
Abstract
8
PDF
3

Author Biography

गीताकुमारी Gitakumari पौडेल Poudel, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

उपप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

पौडेल Poudel ग. G. (2024). नेपाली लोकगाथामा लैङगिक विभेद . Prithvi Wangmaya, 14(01), 69–82. https://doi.org/10.3126/pw.v14i01.69759

Issue

Section

Articles