सकम्बरी गीतमा निहितार्थता

Authors

  • श्रीधर Shreedhar न्यौपाने Nyaupane नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/pw.v14i01.69758

Keywords:

जीवनशैली, प्रभुत्वशाली, प्रस्तोता

Abstract

प्रस्तुत लेख ‘सकम्बरी’ गीतमा निहित अर्थको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखको अध्ययन क्षेत्रका रूपमा प्रकाश सपुतको ‘सकम्बरी’ गीत र समस्याका रूपमा निहितार्थता रहेको छ । यस लेखमा ‘सकम्बरी’ गीतमा निहितार्थतालाई केकसरी प्रस्तुत गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासालाई मुख्य समस्या बनाइएको छ । बहुसत्यमा विश्वास गरिएको यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ । जीवन निर्वाहका लागि सहरमा बसेर यौवन बेच्दा मानिस उपेक्षित बन्छ भन्ने कुरालाई यस लेखमा तत्त्वमीमांसाका रूपमा ग्रहण गरिएको छ र शोधदर्शनका बिचमा समन्वयसमेत कायम गरिएको छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको अध्ययन गरी प्राप्त तथ्यका आधारमा पाठविश्लेषण विधिको उपयोग गरी लेखलाई पूर्णता प्रदान गरिएको छ । यस अध्ययनमा सङकथन विश्लेषणअन्तर्गतको निहितार्थतालाई गीत विश्लेषणको सैद्धान्तिक आधार बनाइएको छ । यसै सैद्धान्तिक मान्यताका आधारमा निर्मित सूचकहरू सङकेत निर्मिति, पाठसंसार निर्मिति र कार्यकलाप निर्मितिका कोणबाट गीतको विश्लेषण गरिएको छ । सकम्बरीले जीविकाका लागि सहरमा प्रवेश गरी आर्थिक समृद्धि प्राप्त गरे पनि उसको अस्मितामा सङकट सिर्जना भएको छ भन्ने केन्द्रीय कथ्यलाई यस गीतमा प्रस्तुत गरिएको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।   

Downloads

Download data is not yet available.
Abstract
13
PDF
9

Author Biography

श्रीधर Shreedhar न्यौपाने Nyaupane, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

उपप्राध्यापक 

Downloads

Published

2024-09-12

How to Cite

न्यौपाने Nyaupane श. S. (2024). सकम्बरी गीतमा निहितार्थता. Prithvi Wangmaya, 14(01), 59–68. https://doi.org/10.3126/pw.v14i01.69758

Issue

Section

Articles