कानुनी नेपाली भाषामा वाक्यसंरचना

Authors

  • गिरबहादुर Girbahadur खडका Khadka नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/pw.v14i01.69757

Keywords:

विन्यास, विशिष्टता, पारिभाषिक, प्रयोजनपरक, विचलन

Abstract

कानुनी नेपाली भाषामा प्रयुक्त वाक्यहरूको अर्थ र संरचनागत स्थितिको विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । नेपाली भषााको प्रयोजनपरक भेदअन्तर्गतको एक भेद कानुनी नेपाली भाषा हो । यस लेखमा कानुनी नेपाली भाषामा वाक्यको अर्थ र संरचना के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासालाई प्रमुख समस्या बनाइएको छ । मूलतः कानुनी क्षेत्रमा प्रयुक्त हुने यस्तो भाषामा प्रयुक्त पारिभाषिक शब्द एवं वाक्य विन्यासगत विशिष्टताका कारण भिन्नता पाइन्छ । बहुसत्यमा आधारित गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरी यो लेख तयार पारिएको छ । यस लेखमा मूलतः द्वितीय स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ र ती सामग्रीहरू पुस्तकालयबाट सङकलन गरिएका हुन । यस अध्ययनमा वाक्य संरचनालाई सैद्धान्तिक आधारका रूपमा उपयोग गरिएको छ । यसै सैद्धान्तिक मान्यताका आधारमा कानुनी नेपाली भषााका वाक्यमा शब्दको प्रयोग, अर्थगत विन्यास, व्याकरणात्मक कोटि र शैलीगत विविधताजस्ता सूचकको उपयोग गरी लेखलाई पूर्णता प्रदान गरिएको छ । पदको विचलन, लामा पदावलीको संयोजन एवं व्याकरणिक नियममा आबद्ध नभई दीर्घ आयामयुक्त वाक्यको संयोजन र विविध शैलीको प्रयोग हुने नेपाली भाषाको एक प्रयोजनपरक भेद कानुनी नेपाली भाषामा भएको देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF
3

Author Biography

गिरबहादुर Girbahadur खडका Khadka , नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

उपप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

खडका Khadka ग. . G. (2024). कानुनी नेपाली भाषामा वाक्यसंरचना. Prithvi Wangmaya, 14(01), 51–58. https://doi.org/10.3126/pw.v14i01.69757

Issue

Section

Articles