लेखनाथ पौडयालको तरुण तपसीमा अद्वैत वेदान्तदर्शन

Authors

  • पुण्यप्रसाद Punyaprasad शर्मा Sharma नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/pw.v14i01.69756

Keywords:

अद्वैत वेदान्त, आध्यात्मिक, तत्वचिन्तन, पारमार्थिक, प्रातिभासिक, व्यावहारिकसत्ता

Abstract

तरुण तपसी लेखनाथ पौडयालद्वारा लिखित नव्यकाव्य हो । नेपाली साहित्यमा वेदान्त दर्शनका मान्यतालाई अघि सारेर लेखिएको यस काव्यले परमतत्त्वको सत्यता र जीवनजगतको नश्वरतालाई अघि सारेको छ । यस लेखमा तरुण तपसी काव्यमा जीवनजगत र मोक्षलाई कुन रूपमा प्रस्तुत गरिएको छ भन्ने जिज्ञासाको समाधान गर्ने उद्देश्य राखिएको छ । वृक्षको उत्पत्तिदेखि परिपक्व हुँंदासम्मको सिङ्गो जीवनका अनुभूति र मानव सभ्यतामा देखा परेका विविध पक्ष तथा  व्यवहारको उल्लेख गर्दै जीवनजगतलाई भ्रम र दःुखदायी हुने कुरा यस काव्यमा कविले अघि सारेका छन । ज्ञानप्राप्तिलाई प्रमुख उपलब्धिका रूपमा चित्रण गरेका यिनले अद्वैत वेदान्तदर्शनका माध्यमबाट जगतलाई असत्य र जीवन दुःखदायी हुने मान्यता अघि सारेका छन  । भौतिक उपलब्धि क्षणिक हुने र त्यसबाट शान्ति पनि नमिल्ने धारणा अघि सार्दै ज्ञान प्राप्ति र मोक्षका लागि आध्यात्मिक चिन्तनको आवश्यकतामा जोड दिने पौडयाल आदर्शमय जीवनशैलीका पक्षमा देखिन्छन । तरुण तपसी काव्यमा वर्णित यिनै विषयलाई आधार बनाएर अद्वैत वेदान्त दर्शनका आधारमा कविको जीवन जगत र मुक्तिसम्बन्धी मान्यता यस काव्यमा अघि सारिएको छ । ‘तरुण तपसी’मा कविले  जीवनलाई दीर्घस्वप्नका रूपमा प्रस्तुत गर्दै सृष्टिक्रम, मानिसमा देखिने लोभीपापी प्रवृत्ति, रुढीवादी चिन्तन, अन्धविश्वास एवं सम्पत्तिमोहले सिर्जना गरेका जटिलता र धनसञ्चय गर्ने चाहना लगायतका कुराहरू व्यावहारिक दृष्टिले आवश्यक देखिए पनि पारमार्थिक दृष्टिले महत्त्वपूर्ण र सुखदायी छैनन भन्ने कुरा काव्यमा अघि सारिएको सन्दर्भमा वेदान्त दर्शनका मान्यताका आधारमा काव्यको विश्लेषणका क्रममा निगमनात्मक विधि अवलम्बन गरी वेदान्त दर्शनका आधारभूत मान्यताका आधारमा काव्यको विश्लेषण गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
11
PDF
6

Author Biography

पुण्यप्रसाद Punyaprasad शर्मा Sharma, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

सहप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

शर्मा Sharma प. P. (2024). लेखनाथ पौडयालको तरुण तपसीमा अद्वैत वेदान्तदर्शन . Prithvi Wangmaya, 14(01), 38–50. https://doi.org/10.3126/pw.v14i01.69756

Issue

Section

Articles