कास्की जिल्लामा प्रयुक्त मातृभाषाहरूको विश्लेषण

Authors

  • यमनाथ Yemnath तिमिल्सिना Timilsina नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/pw.v14i01.69755

Keywords:

लोपोन्मुखता, पुर्खाभाषा, भाषिक समुदाय, भाषिका, मातृभाषा

Abstract

प्रस्तुत लेख कास्की जिल्लामा बोलिने मातृभाषाहरूको अवस्थाका बारेमा विश्लेषण गर्नमा केन्द्रित रहेको छ । कास्की जिल्लामा बोलिने मातृभाषाहरूको पहिचान र तिनको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । उक्त उद्देश्य पूर्तिका लागि कास्की जिल्लामा बोलिने मातृभाषाहरूको वर्तमान अवस्था केकस्तो रहेको छ भन्ने जिज्ञासालाई यस अध्ययनमा समस्याका रूपमा प्रस्तुत गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचाको अवलम्बन गरिएको यस लेखमा सङकलित सामग्रीहरूको अध्ययनबाट प्राप्त भएका तथ्यलाई तर्क, प्रमाण र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङकलाई आधार मानी समस्याको समाधान गरिएकाले मूलतः प्राथमिक स्रोतका सामग्रीको उपयोग यस लेखमा गरिएको छ । यसका साथै यस क्षेत्रका मातृभाषाका बारेमा गरिएका पूर्वअध्ययनलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा समेत उपयोग गरिएको छ । यी दुवै प्रकृतिका सामग्रीहरू पुस्तकालयबाट सङकलन गरिएका छन । कास्की जिल्लामा बोलिने मातृभाषाहरूको अवस्थाका बारेमा विश्लेषण गर्ने क्रममा मातृभाषाहरूको अवस्था, मातृभाषा र पुर्खाभाषाको स्थिति, भाषिक वक्ताको विस्तार, भाषिक वक्ताको न्यूनता, भाषिक यथास्थिति, लोपोन्मुखता, लोप, भाषा तथा भाषिकाको पहिचान, भाषिक संरक्षण जस्ता सूचकलाई आधार बनाइएको छ । विभिन्न तथ्याङकमा आधारित रहेर यो अध्ययन गरिएको छ । नेपाली भाषाबाहेक अन्य भाषाहरूलाई संरक्षण गर्ने नीति राज्यले नलिने हो भने कास्की जिल्लाका धेरै जसो मातृभाषाहरू सङकटमा पर्ने देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । 

Downloads

Download data is not yet available.
Abstract
8
PDF
5

Author Biography

यमनाथ Yemnath तिमिल्सिना Timilsina, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, Prithivi Narayan Campus, Pokhara

सहप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

तिमिल्सिना Timilsina य. Y. (2024). कास्की जिल्लामा प्रयुक्त मातृभाषाहरूको विश्लेषण . Prithvi Wangmaya, 14(01), 26–37. https://doi.org/10.3126/pw.v14i01.69755

Issue

Section

Articles