नेपाली उपन्यासको कालविभाजनका समस्या र समाधान

Authors

  • विष्णुप्रसाद Bishnuprasad पौडेलः Poudel पृथ्वीनारायण क्याम्पस, पोखरा Prithivi Narayan Campus, Pokhara

DOI:

https://doi.org/10.3126/pw.v14i01.69754

Keywords:

उपन्यास, कार्यकारण सम्बन्ध, कालखण्डका मापक, मिश्रित रूपाङकन, साहित्येतिहास

Abstract

नेपाली उपन्यासको उत्पत्ति र विकासको व्यवस्थित अध्ययनका लागि कालविभाजन महत्त्वपूर्ण पक्ष भए पनि हालसम्म यसको तथ्यसङगत कालविभाजन नदेखिएकाले प्रस्तुत अध्ययन त्यसैमा केन्द्रित छ । यसक्रममा नेपाली उपन्यासको कालविभाजनमा केकस्ता समस्या किन देखिएका छन र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने प्राज्ञिक जिज्ञासा यस लेखका समस्या हुन । ती समस्याहरूको कारणसहित क्रमशः निरूपण गरेर तार्किक समाधान दिनु यसको उद्देश्य हो । पुस्तकालयस्रोतमा आधारित यस शोधमा महत्त्वपूर्ण प्राथमिक र द्वितीयक सामग्री स्वैच्छिक रूपमा छनोट गरिएको छ । साथै शोधसमस्याको अध्ययनविश्लेषण गर्न ज्ञानमीमांसाका रूपमा साहित्येतिहासको कालविभाजनको सैद्धान्तिक आधार र कालखण्ड (प्राथमिक, माध्यमिक र आधुनिक) का न्यूनतम मापकहरूको निर्धारण पनि गरिएको छ । सोही आधारमा यहाँ निर्धारित उद्देश्यको अन्वेषण गरिएको हुँदा यो लेख गुणात्मक शोधविधिमा आधारित छ । यसअनुसार नेपाली कविताकेन्द्री पूर्ण साहित्येतिहासले उपन्यासको उत्पत्ति र विकासलाई बेवास्ता गरी कालविभाजन गरेको, उपन्यासकेन्द्री इतिहास पनि पूर्ण साहित्येतिहाकै ढाँचामा लेखिएका, तिनमा इतिहासवादी दृष्टिकोणलाई त्यति महत्त्व नदिइएको, कालखण्डको समयनिर्धारणमा वस्तुगत आधारको अनुसरण नगरिएको, प्राथमिक, माध्यमिक र आधुनिक कालखण्डका न्यूनतम सैद्धान्तिक मापकप्रति सचेतता नरहेको, रहे पनि सबै विधामा समान रूपले लागू नगरिएको, शक्तिका आडमा कृतिको अधिमूल्यन गरी आधुनिकता निर्धारण गरिएको जस्ता कारणले नेपाली उपन्यासको कालविभाजनमा अनेक समस्या देखिएका छन । यस्ता समस्याहरूको गहन अनुशीलन गरी समाधानका रूपमा नेपाली उपन्यासको प्राथमिक (सुरु/१८२७–१९९०), माध्यमिक (१९९१–२००३) र आधुनिक  (२००४– आजसम्म) कालको समयनिर्धारण यहाँ अपरम्परित तर तार्किक आधारमा अप्रत्यक्षतः सङकेत गरेको छ । तथ्यसङगत ढङगमा यही बाटोबाट अगाडि बढदै गए नेपाली पूर्ण साहित्येतिहासको अपूर्णताको खाडल पुर्न सकिन्छ । 

Downloads

Download data is not yet available.
Abstract
15
PDF
8

Author Biography

विष्णुप्रसाद Bishnuprasad पौडेलः Poudel, पृथ्वीनारायण क्याम्पस, पोखरा Prithivi Narayan Campus, Pokhara

नेपाली विभाग

Downloads

Published

2024-09-12

How to Cite

पौडेलः Poudel व. B. (2024). नेपाली उपन्यासको कालविभाजनका समस्या र समाधान. Prithvi Wangmaya, 14(01), 1–25. https://doi.org/10.3126/pw.v14i01.69754

Issue

Section

Articles