धार्मिक पर्यटनको दृष्टिमा काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती मन्दिर

Authors

  • Parshuram Adhiikari इन्द्रेश्वर क्याम्पस, पनौती
  • Maya Adhiikari इन्द्रेश्वर क्याम्पस, पनौती

DOI:

https://doi.org/10.3126/punyawati.v2i1.90308

Keywords:

दिगो सामुदायिक विकास, सामुदायिक सहभागिता, पलाञ्चोक भगवती, धार्मिक पर्यटन, स्थानीय अर्थतन्त्र

Abstract

यस अनुसन्धान लेखको प्रमुख उद्देश्य काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित ऐतिहासिक पलाञ्चोक भगवतीमन्दिरको धार्मिक पर्यटनको अवस्था, त्यसको सामाजिक(आर्थिक प्रभाव र दिगो विकासका सम्भावनाहरूकोविश्लेषण गर्नु हो । गुणात्मक अनुसन्धान ढाँचा अन्तर्गत स्थलगत अवलोकन र मन्दिर परिसरका १२ जनासहभागीहरू ९ जना स्थानीय निवासी, व्यवसायी, पुजारी र ३ जना दर्शनार्र्थीसँग गरिएको गहनअन्तर्वार्ताको विश्लेषण यस अध्ययनको आधार हो । अध्ययनको निष्कर्षले मन्दिरलाई धार्मिक आस्थाकोकेन्द्र, स्थानीय अर्थतन्त्रको इन्जिन र सांस्कृतिक पहिचानको आधारस्तम्भको रूपमा प्रस्तुत गर्दछ । यसलेमहिला सहित स्थानीय समुदायलाई रोजगारीको अवसर प्रदान गरेको र कृषि उत्पादनको लागि बजारसिर्जना गरेको पाइयो । तथापि, भौतिक पूर्वाधारको कमी, फोहोर व्यवस्थापनको चुनौती, पर्यटक प्रवाहकोमौसमी अस्थिरता र व्यवस्थापनमा समन्वयको अभाव जस्ता गम्भीर समस्याहरू पनि छन्।् । यस आधारमादिगो विकासको लागि स्थानीय नागरिक, स्थानीय सरकार र केन्द्र सरकारको तीन तहमा समन्वित रणनीतिआवश्यक छ । सामुदायिक सहभागिता, एकीकृत व्यवस्थापन योजना, पूर्वाधार विकास र “धार्मिकसांस्कृतिक पर्यटन कल्स्टर” को रूपमा संस्थागत मान्यता जस्ता उपायहरूसहित सुझाव समेत प्रस्तुतगरिएको छ ताकि यस महत्वपूर्ण धरोहरको आध्यात्मिक गरिमा कायम रहँदै यसबाट समावेशी रस्थानीयकृत आर्थिक लाभ सुनिश्चित हुन सकोस्।

Downloads

Download data is not yet available.
Abstract
24
PDF (Nepali)
11

Author Biographies

Parshuram Adhiikari, इन्द्रेश्वर क्याम्पस, पनौती

सहायक प्राध्यापक

Maya Adhiikari, इन्द्रेश्वर क्याम्पस, पनौती

सहायक प्राध्यापक

Downloads

Published

2026-02-02

How to Cite

Adhiikari, P., & Adhiikari, M. (2026). धार्मिक पर्यटनको दृष्टिमा काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती मन्दिर. Punyawati Journal, 2(1), 181–191. https://doi.org/10.3126/punyawati.v2i1.90308

Issue

Section

Articles