काभ्रेपलाञ्चोक जिल्लाको पनौतीका सांस्कृतिक सम्पदाहरूको संरक्षणमा सामुदायिक दृष्टिकोण
DOI:
https://doi.org/10.3126/punyawati.v2i1.90303Keywords:
समुदाय सहभागिता, सांकृतिक सम्पदा, ऐतिहासिक स्मारक मठमन्दिर, परसंस्कृतिकरण, अनुकूलनAbstract
काभ्रेपलाञ्चोक जिल्लाको पनौतीको नगरपालिका वडा नं. ७ का सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुrयााउने हेतुका साथ यो अध्ययन गरिएको हो । यो अध्ययन गुणात्मक अनुसन्धान पद्धतिमा आधारित रहेको छ । ऐतिहासिक तथ्य संकलनका लागि सम्वन्धित विद्धत वर्ग, स्थानीय जेष्ठ नागरिक,स्थानीय निकाय प्रतिनिधिहरु सँगको साक्षात्कार र विचार विमर्श छ । यो अध्ययन ऐतिहासिक पक्षमा रहेकोले संख्यात्मक भन्दा गुणात्मक विश्लेषणमा आधारित रहेको छ । समाजशास्त्री एगस्ट कोंटको प्रत्यक्षवादी र इमाइल दुर्खिमको समाजशास्त्रीय दृष्टिकोणको आधारमा सांस्कृतिक सम्पदाहरूले समाजमा रहेको प्रतीकात्मक अर्थ, सामूहिक चेतनामा तिनको भूमिका, र सामाजिक एकताको संरक्षणमा तिनले खेल्ने भुमिकाको गहन व्याख्या गरिएको छ । यसरी, मात्रात्मक तथ्याङ्क र गुणात्मक अर्थबोध समन्वय गरी, सम्पदा र सामाजिक पहिचान बीचको जटिल सम्बन्धको बहुआयामिक विश्लेषण गरिएको छ । ऐतिहासिक शोध र सामूदायिक अध्ययनबाट पनौतीमा ३० भन्दा बढी ऐतिहासिक नामहरू, २७ भन्दा बढी अभिलेख, र ५० भन्दा बढी चाडपर्वहरू रहेको पुष्टि भएको छ । अध्ययन क्षेत्र वडा नं. ७ मा नौवटा ऐतिहासिक स्मारक र टोलहरू र २६ सामाजिक संस्थाहरू सक्रिय रहेका छन् । तथापि, आधुनिकीकरणले सिर्जना गरेका चुनौतीहरू जस्तै भाषिक सङ्कट (नेवारी बोल्ने दर ५२.७६%), युवामा उदासीनता र अवैध व्यापारले सम्पदाहरू लोप हुने खतरा बढेको छ । यी समस्याहरूको मुख्य कारण व्यक्तिवादी मानसिकताको वृद्धि र संयुक्त परिवारको ह्रास
रहेको पाइयो । अध्ययनले पनौतीको विश्व सम्पदा सूचीकरणका लागि पूर्वाधार रहे तापनि मापदण्ड पालना र राजनीतिक इच्छाशक्तिको अभावमा यो प्रक्रिया अवरुद्ध रहेको पत्ता लाग्यो । यसको लागि सांस्कृतिक शिक्षा, युवा सहभागिता, र सामूदायिक संरक्षण कार्यक्रमहरू अपनाउनु अपरिहार्य रहेको छ । पनौतीको समृद्ध सांस्कृतिक विरासतलाई संरक्षण गर्दै आधुनिक विकाससँग सन्तुलन कायम गर्ने खाँचो यस अध्ययनबाट स्पष्ट भएको छ। यी सम्पदाहरूको संरक्षणको लागि स्थानीय समुदाय, सरकारी निकाय, र गैर– सरकारी संस्थाहरूको समन्वय र सहकार्यमा प्रस्तावित कार्ययोजना र रणनीति कार्यान्वयन गर्नु आवश्यक छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.