मानव अधिकार र दलित अधिकारको अन्तरसम्बन्ध

Authors

  • परशुराम Parshuram रम्तेल Ramtel त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र सङ्काय

DOI:

https://doi.org/10.3126/psj.v2i1.75169

Keywords:

दलित–अधिकार, मानव–अधिकार, विभेद, बहिष्करण, अन्तरसम्बन्ध, अन्तर्राष्ट्रियकरण

Abstract

मानिसले मान्छे भएर बाँच्न पाउनुपर्ने जति सबै अधिकारको उपभोग गर्नपाउनुलाई मानवअधिकार भन्ने गरिन्छ । दक्षिण एसियाको पनि मुख्यतः हिन्दु धर्म मान्ने देशहरु भारत, नेपाललगायतका केही देशहरुमा दलित समुदायलाई सदियौं वर्षदेखि वर्णाश्रम व्यवस्थाद्धारा अछूतबनाएर अमान्छेको व्यवहार गर्दै जातपातछुवाछूत जस्तो असाध्यै अमानवीय र निकृष्ट खालकोविभेदजन्य व्यवहार गरिँदै आएको अवस्था छ । अहिलेको एक्काइसौं शताव्दीको विज्ञान रप्रविधिको युगमा पनि यस्ता विभेदकारी मनोविज्ञान र व्यवहार अझैपनि विद्यमान छ । वास्तवमादलित समुदायलाई विगत लामो समयदेखि नै राज्यको विभेदकारी नीति, नियमको कारणनेपाली समाजका हरेक क्षेत्रमा यो समुदायमाथि अपमान र विभेद रहने गरेको छ । यस्ताविभेदजन्य कार्य मानव अधिकारको दृष्टिकोणबाट विश्लेषण गर्दा मानव अधिकारको गम्भीरहनन्हो । नेपालका मानव अधिकारकर्मीहरुले पनि दलित समुदायमाथि राज्य र समाजका हरेकक्षेत्रमा हुने गरेको विभेद, अपमान र बहिष्करणलाई नेपालका मानव अधिकारकर्मीहरुले गम्भीरढंगले लिएको देखिँदैन । यस लेखमा दलित अधिकारको विगत र वर्तमानको अवस्था,दलितमाथिको उत्पीडन र विभेदको ऐतिहासिकता, छुवाछूत र मानव अधिकारको अन्तरसम्बन्ध,दलित मुद्दाका बारेमा अन्तर्राष्ट्रियकरणको आवश्यकता र संयुक्त राष्ट्रसंघ तथा नेपाल सरकारलेयस समस्याको उचित समाधानका लागि खेल्नुपर्ने भूमिका आदिका बारेमा अध्ययन गर्नखोजिएको छ । त्यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका मानव अधिकारवादी संस्थाहरुलेदलित अधिकारलाई मानव अधिकारवादी आन्दोलनसँग एकाकार गर्दै लैजानुपर्ने टड्कारोआवश्यकता देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
25

Author Biography

परशुराम Parshuram रम्तेल Ramtel, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र सङ्काय

एमफिल पिएचडी (शोधकर्ता)

Downloads

Published

2024-12-31

How to Cite

रम्तेल Ramtel प. P. (2024). मानव अधिकार र दलित अधिकारको अन्तरसम्बन्ध. Political Science Journal, 2(1), 109–119. https://doi.org/10.3126/psj.v2i1.75169

Issue

Section

Articles