प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
DOI:
https://doi.org/10.3126/ps.v22i1.64841Keywords:
अन्यपन, आद्यबिम्ब, उच्चताग्रन्थि, अचेतन, इडिपस ग्रन्थिAbstract
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा रुचि दिएको पाइन्छ । यो पाश्चात्य नाट्यप्रवृत्ति हो । शेक्सपियसरका नाट्यशैलीबाट विशेष रूपमा प्रभावित समको प्रह्लाद नाटकमा द्वन्द्वको सूक्ष्म प्रयोग पाइन्छ । यस नाटकमा देव र दैत्य, ज्ञान र विज्ञान, भौतिकवाद र अध्यात्मवाद जस्ता कुराका बिच द्वन्द्व प्रस्तुत गरिएको छ । त्यसप्रकारको द्वन्द्व व्यक्ति र व्यक्ति, व्यक्ति र परिस्थिति, एउटा जाति र अर्को जाति, भिन्नभिन्न आस्था र विचार आदिको मात्र नभएर मनोवैज्ञानिक प्रकारको पनि देखापर्दछ । तिनलाई बाह्य र आन्तरिक द्वन्द्व पनि भन्न सकिन्छ । आन्तरिक द्वन्द्व मनोवैज्ञानिक प्रकारको हुन्छ । त्यो मनोविश्लेषणात्मक मान्यताका आधारमा पठनीय हुन्छ । मनोविश्लेषण सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोवैज्ञानिक मान्यता हो । त्यसलाई सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग, ज्याक लकाँ आदिले अघि बढाउने काम गरेका छन् । प्रस्तुत अध्ययनमा प्रह्लाद नाटकमा पाइने मनोविश्लेषणात्मक द्वन्द्वको विवेचना युङ्गको आद्यस्वरूपको मान्यता, एडलरको उच्चता ग्रन्थिको मान्यता, फ्रायडको इडिपस ग्रन्थिको मान्यता र ज्याक लकाँको अन्यपनको मान्यताका आधारमा गरिएको छ । यस नाटकका बारेमा विभिन्न विद्वान्हरूले विभिन्न ढङ्गले अध्ययन गरेको पाइने भए पनि मनोविश्लेषणात्मक द्वन्द्वसम्बन्धी गहन र विस्तृत अध्ययन भएको देखिँदैन । त्यही नै यस अध्ययनको शोध रिक्तता हो । त्यसको परिपूर्तिका लागि प्रस्तुत अध्ययन गरिएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । प्रस्तुत नाटकमा मनोविश्लेषणात्मक द्वन्द्व सफल र प्रभावकारी रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.