सहिदको मानचित्रमा नपरेको सहिद कथासङ्गहका कथाहरुमा पिँढी र प्रभुत्वको अवस्था
DOI:
https://doi.org/10.3126/pranayan.v26i8.82294Keywords:
प्रभुत्वशाली पिँढी, अधिनस्थ पिँढी, उदयीमान पिँढी, अनुभूति, संस्कृतिकेन्द्रीAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख घनश्याम ढकालका 'सहिदको मानचित्रमा नपरेका सहिद' र 'प्रतिगामी दुई कथाहरूमा प्रभुत्वशाली र अधिनस्थ पिँढीको अवस्था विश्लेषणमा केन्नित छ । 'सहिदको मानचित्रमा नपरेका सहिद कथाले २०४६ सालको जनआन्दोलन र त्यसपछिका घटनाक्रमलाई चित्रण गरेको छ, जहाँ पञ्चायती व्यवस्था र त्यसका समर्थकहरू प्रभुत्वशाली पिँढीका रूपमा प्रस्तुत भएका छन् र उनीहरूले आम सर्वसाधारण जनतामाथि दमन गरेका छन् । सिजनजस्ता पात्रहरूले अधिनस्थ पिँढीको प्रतिनिधित्व गर्छन् । उनीहरू आन्दोलनमा महत्त्वपूर्ण योगदान दिँदा पनि उपेक्षित हुन पुग्छन्। कथाले राजनीतिक परिवर्तनपछि पनि सत्तामा पुगेकाहरूले पुरानै प्रभुत्वशाली प्रवृत्ति दोहोऱ्याउने र सहिदहरूको योगदानलाई अपमान गर्ने गरेको यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । त्यसैगरी, 'प्रतिगामी कथामा माधवलालजस्ता अवसरवादी प्रभुत्वशाली पिँढीका प्रतिनिधि पात्रहरू कसरी पञ्चायती व्यवस्थामा शक्तिमा रहे र परिवर्तनपछि पनि आफ्नो चरित्र बदलेर नयाँ व्यवस्थामा आफ्नो वर्चस्व कायम राखेका छन् भन्ने देखाइएको छ । गोपालजस्ता क्रान्तिकारी र अधीनस्थ पिँढीका पात्रहरूले लडेर व्यवस्था परिवर्तन गरे पनि अन्त्यमा उनीहरू नै उपेक्षित र प्रताडित हुने यथार्थलाई कथामा मार्मिक रूपमा चित्रण गरिएको छ । यसबाट के स्पष्ट हुन्छ भने व्यवस्था परिवर्तन भए पनि शोषित र पीडित वर्गको अवस्थामा तात्विक भिन्नता नआएको तितो यथार्थलाई कथाले उजागर गरेको छ ।