याक्थुङ मुन्धुमको दार्शनिक पक्ष र यसका प्रमुख दर्शनदाताहरु

Authors

  • Bhupal Kumar Sendang इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग, त्रि.वि.वि.कीर्तिपुर

DOI:

https://doi.org/10.3126/pranayan.v26i8.82236

Keywords:

मुन्धुम, याक्थुङ, दार्शनिक, लिम्बूजाति, सांस्कृतिक

Abstract

याक्थुङ मुन्धुमको दार्शनिक पक्ष र यसकाप्रमुख दर्शनदाताहरु कुनै पनि विषय वस्तुको गहिरो अध्ययन, चिन्तन मनन तथा अनुभूतिको आधारमा त्यसप्रति तय गरिएको दृष्टिकोण नै दर्शन हो । मुन्धुम याक्थुङ/लिम्बूजातिको धार्मिक, सामाजिक र सांस्कृतिक जीवनको मार्गदर्शन हो ।मुन्धुमभित्र ब्रह्माण्ड र सारा चराचर जगतको उत्पत्तिकोमिथक, याक्थुङ/लिम्बू जातिले सम्पन्न गर्नु पर्ने विभिन्न धार्मिक अनुष्ठान तथा कर्मकाण्डका विषयहरु र लिम्बू जातिको इतिहास तथा नैतिक आचरण सम्बन्धी नीतिनियमहरु सङ्ग्रहित छन ।प्राचीन समयदेखि मौखिक श्रुति परम्पराबाट पुस्तान्तरण हुँदै आएको मुन्धुम याक्थुङ/लिम्बू जातिको आदिम पूर्खाहरुले जीवन जिउन अनेकौं प्राकृतिक अनुकुलता र विपत्तिहरुसँग सामना गर्दै अगाडि बढ्ने क्रममा समयको लामोअन्तरामा प्राप्त गरेका अनुभव र ज्ञानहरुको सङ्ग्रह हो । मुन्धुममा रहेको यस्तो ज्ञान र दर्शनको आधुनिकीकरण, विश्व्यपीकरण तथा सांस्कृतिक विभेदीकरणले लोपहुने अवस्थामापुग्नलाग्दा पनि यस विषयमा गहिरो अनुसन्धान हुन सकेको छैन । यसै सन्दर्भमा याक्थुङ मुन्धुममा रहेको मुख्य मुख्य दार्शनिकपक्षहरु के के हुन्? मुन्धुमको निर्माणमा को को दार्शनिक एवं चिन्तकहरुको के कस्तो योगदान रहेको छ ? भन्ने मूल अनुसन्धान प्रस्नको सेरोफेरोमा केन्द्रित रहेर उक्त प्रश्नको जवाफ प्राप्तगर्ने उधेश्यले यो अनुसन्धानात्मक आलेख तयार गरिएको छ । प्रस्तुत अध्यायनलाई विशेष गरी मुन्धुममा रहेको दर्शन र यसका दर्शनदाता दार्शनिकहरुको योगदानको खोजीनीति तथा विश्लेषणमा सीमित गरिएको छ । यो एक गुणात्मक (Qualitative) प्रकृतिको अनुसन्धानात्मक आलेख हो । यसमा आवश्यक प्राथमिक तहका तत्थ्याङ्कहरु मुन्धुम अभ्यासकर्ता तथा अध्येतासँगको अन्तर्वार्ताको माध्यमबाट सङ्कलन गरिएका छन् भने द्वित्तीयक तहका तत्थ्याङ्कहरु विभिन्न लिखितपुस्तक तथा लेखहरुबाट प्राप्त गरिएका छन् । यसरी सङ्कलित तत्थ्याङ्कहरुको विषयवस्तु विश्लेषण (Content Analysis) विधिको प्रयोग गरी विश्लेषण गर्दा विश्व ब्रह्माण्ड तथा चराचर जगतको सृष्टिसम्बन्धी याक्थुङ मुन्धुमको दार्शनिक दृष्टिकोण मूलत अध्यात्मवादी रहेको देखिन्छ । मुन्धुमको अन्य प्रमुख दार्शनिक पक्षहरुमा प्रकृतिवाद, पितृवाद, बहुईश्वरवाद, आत्मवाद र तन्त्रमन्त्रवाद रहेका छन् । साथै समयको विभिन्न कालखण्डमा देखापरेका येहाङ, सोधुङ्गेन लेप्मुहाङ,कान्देनहाङ, माबोहाङ, शिरीजङ्गाहाङ तथा फाल्गुनन्द जस्ता दार्शनिक एवं धर्मगुरुहरुले मुन्धुमको निर्माणमा योगदान गरेको र यसमा समसामयिक संशोधन तथा सुधार गरी यसलाई परिष्कृत बनाएको तत्थ्य पनि यस अनुसन्धानबाट उजागर हुनआएको छ ।

Downloads

Download data is not yet available.
Abstract
51
PDF (नेपाली)
39

Author Biography

Bhupal Kumar Sendang, इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग, त्रि.वि.वि.कीर्तिपुर

शोधार्थी, विद्यावारिधि 

Published

2025-08-05

Issue

Section

Articles