आठराई गाउँपालिकाभित्रको सामुदायिक विद्यालयमा सञ्चालित मातृभाषाको पठनपाठन

Authors

  • Chalan Chandra Kandangba श्री भगवती मावि, आठराई–७, तेह्रथुम

DOI:

https://doi.org/10.3126/pranayan.v25i7.78142

Keywords:

बहुसङख्यक, पहिलोभाषा, पठनपाठन, मातृभाषा

Abstract

प्रस्तुत लेख नेपालका सामुदायिक विद्यालय विशेष गरेर तेह्रथुम जिल्ला आठराई गाउ“पालिका भित्रका विद्यालयहरुमा मातृभाषा शिक्षाको पठनपाठनको अवस्थामा केन्द्रित रहेको छ । वि.सं.२०७८ सालको जनगणना अनुसार नेपालमा १२४ भाषाहरु अस्तित्वमा रहेका छन् । मातृभाषा शिक्षा सम्बन्धमा रहेका कानुनी तथा नीतिगत व्यवस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि महासन्धिले पारित गरेका घोषणापत्रहरु एवं प्रतिवद्धताहरुको समेत यो लेखमा चर्चा गरिएको छ । आठराई गाउ“पालिकाभित्र मातृभाषा सञ्चालनमा रहेका विद्यालयहरु, भाषा र शिक्षकका नाम, बोलिने भाषाहरुको अवस्था, मातृभाषा शिक्षणको उद्देश्य, देखा परेका समस्याहरु, मातृभाषा शिक्षाको क्षेत्रमा भएका प्रयासहरु र विद्यमान अवस्था निराकरण गर्न अपनाउन सकिने उपायहरु सूक्ष्म रुपमा अध्ययन तथा सरोकारवालाहरुस“ग छलफल गरी आठराई गाउ“पालिकामा सञ्चालनमा रहेको मातृभाषा पठनपाठनको विश्लेषण गरिएका् छ । आठराई गाउ“पालिकामा मातृभाषा शिक्षणको क्षेत्रमा विभिन्न चुनौतीहरु देखापरेका छन् । मातृभाषाको सवालमा लेख्यीकरणको स्तरमा विकास भएका भाषाहरुको राष्ट्रिय स्तरमा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण भएर यहा“का विद्यालयहरुमा पठनपाठन भइरहेको छ । तर समयमै त्यस्ता सामग्रीहरु विद्यालयमा उपलब्ध नहुनाले सिकाइ प्रभावकारी हुन सकेको छैन । यसमा आनो पालिका क्षेत्रभित्र बोलिने भाषाहरुको संरक्षण र विकासका लागि आठराई सरकार जिम्मेवार देखिन्छ । तर खासगरी विद्यालयहरु मातृभाषा शिक्षणका लागि जिम्मेवार नभएको अवस्था विद्यमान छ । मातृभाषाका लागि नियुक्त शिक्षकहरुलाई अरु नै विषय पढाउन लगाउने गरेको र अभिभावक विशेष गरेर मातृभाषी समुदायहरु नै मातृभाषा शिक्षणप्रति अनुदार भएको कारण प्रभावकारी कार्यान्वयनमा समस्या रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
59
PDF
28

Author Biography

Chalan Chandra Kandangba, श्री भगवती मावि, आठराई–७, तेह्रथुम

मा.शि. द्वितीय

Downloads

Published

2025-04-30

Issue

Section

Articles