मुन्धुम र लिम्बू समुदायमा प्रचलित जन्म, विवाह र मृत्यु संस्कारहरु
DOI:
https://doi.org/10.3126/pranayan.v25i7.77987Keywords:
फेदाङ्मा, संस्कार, संस्कृति, लिम्बू समुदाय, मुन्धुमAbstract
मुन्धुम लिम्बू जातिको धर्मशास्त्र, ज्ञानशास्त्र, दर्शनशास्त्र र इतिहास हो । यसमा विश्व ब्रह्माण्ड र चराचरजगतको उत्पतिसम्बन्धी आख्यान, लिम्बू मानवजातिको सभ्यताको विकासको इतिहास र यस जातिमा प्रचलित विभिन्न संस्कृति तथा संस्कारहरु सङ्गृहीत छन् । यसलाई मूलतः मूर्त तथा अमूर्त संस्कृतिको रुपमा अध्ययन गरिन्छ । लिम्बू समुदायमा प्रचलित जन्म, विवाह र मृत्यु संस्कारहरु के के हुन ? लिम्बू समुदायमा प्रचलित जन्म, विवाह र मृत्यु संस्कारहरुको उद्भव कसरी भएको पाइन्छ ? र लिम्बू समुदायमा प्रचलित जन्म, विवाह र मृत्यु संस्कारहरु कसरी सम्पन्न गर्ने गरिन्छ ? भन्ने प्रश्नहरुको जवाफप्राप्त गर्ने उद्देश्यले अध्ययन गरिएको छ । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक अध्ययनहो । यसमा आवस्यक प्राथमिक तत्थ्याड्ढहरु मुन्धुमका जानिफकार तुम्याङ तथा मुन्धुमविदहरुसँगको व्यक्तिगत अन्तर्वार्ता र प्रत्यक्ष अवलोकनबाट सङ्कलन गरिएका छन् । यस्तै द्वित्तीयक तत्थ्याड्ढहरु मुन्धुम र लिम्बूजातिको संस्कृतिसम्बन्धी प्रकाशित पुस्तक, शोधपत्र, लेखरचनाहरुबाट सङ्कलन गरिएका छन् । यी तत्थ्यहरुलाई व्याख्या विश्लेषण गरेर हेर्दा लिम्बू समुदायको जन्म संस्कार अन्तर्गत साप्पोःक्चोमेन, याङदाङ फोङमा, माङगेन्ना, नारामप्मा र चाङ्वान लेक्मा संस्कारहरु पर्दछन् । विवाह संस्कारमा मेन्छिन नाक्मा, सिम्बोसालामा, लाम्लक, युङ्सिङमा, लाम्भेवा चिम्मा, लाम्लामा, पाङ्लिताक्मा, मेखिम,पाङ्लिहुक्वा र फुदोङ्ग, हक्तक्वा, मेल्लुङ फुसिङ्मा र नाजोङ÷खेम्जङप्रमुख रहेका छन् । यस्तै मृत्युसंस्कारमा दाह संस्कार, युम्सा नाक्मा, फजे, साम्सामा, मिक्वा साङ्मा र लाही नाम्ही इङ्मा प्रमुखहुन् । लिम्बू समुदायको संस्कृतिको मूलस्रोत मुन्धुम भएकोले यो समुदायमा प्रचलित जन्म, विवाह र मृत्युसंस्कारहरुको उद्भव र विकास समयको विभिन्न कालखण्डमा भएको कुरा मुन्धुमको अध्ययनबाट स्पष्ट हुन्छ । फेदाङमा तथा तुम्याङद्वारा मुन्धुम अनुसार यी संस्कारहरु सम्पन्न गरिन्छ । लिम्बू समुदायमाप्रचलित जन्म, विवाह र मृत्यु संस्कारको अध्ययनबाट यी संस्कारहरुको उद्भव र विकासको मुख्यउद्देश्य मानव जीवनलाई मर्यादित, सक्षम, पवित्र र जिम्मेवार बनाउने रहेको र यसबाट लिम्बू समुदायकोचिन्तन प्रणाली, ज्ञान पद्धति र विश्वासको परम्परालाई बुझ्न सहयोग पुग्ने तत्थ्य प्रकाशमा आएको छ ।