पङ्खावती कथाको स्वैरकाल्पनिक संरचना

Authors

Keywords:

अन्योक्तिमूलकता, कथासंसार, यात्रापरक, स्वैरकल्पना, समाख्यान

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा मोहनराज शर्माको ‘पङ्खावती’ कथामा प्रयुक्त स्वैरकाल्पनिक संरचनाको खोजी गरिएको छ । स्वैरकल्पना भनेको असम्भव कल्पनाका अलौकिक, जादुगरी तत्त्व, अवास्तविक स्थान र सिर्जनाहरू संलग्न वस्तुको क्रियाकलाप हो । ‘पङ्खावती’ कथालाई पाठका रूपमा लिई यसमा प्रयुक्त कथानक, पात्र, परिवेश, बिम्बहरूमा पाइने स्वैरकल्पनात्मक संरचनाका विभिन्न युक्तिहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको समाख्यानात्मक औचित्य स्थापना गरिएको छ । ‘पङ्खावती’ कथामा पाठक कसरी स्वैरकल्पनाको दुविधाबाट प्रवेश गरी समसामयिक सामाजिक यथार्थको समस्याको पहिचानमा पुगेर दुविधामुक्त हुन्छ भन्ने तथ्य स्थापित गरी त्यसमा निहित अन्योक्तिमूलक अर्थ निरूपण गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यसमा तोदोरोभ (सन्‌ १९७५), हन्टर (सन् १९८९) र मेन्डलेसन (सन् २००८) का आधारभूत मान्यतालाई विश्लेषणको सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी कथाको पाठविश्लेषण गरिएको छ । यसमा कथासंसार र पात्रको यात्रा, चरित्रचित्रण, अन्योक्तिमूलकता र समाख्यानात्मक संरचनाको खोजी गरी पङ्खावती’ कथामा घटना, पात्र र परिवेशको स्वैकाल्पनिक युक्ति उपयोग गरेर नारीले समसायिक समाजमा भोग्नुपरेको शोषण र परतन्त्रताको चक्रव्यूह पहिचान भएको तर त्यसको प्रतिरोधको प्रतिनिधित्व भने कमजोर रहेको निष्कर्ष निकालिएको छ ।



Abstract
38
PDF
27

Author Biography

Netra Atom, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

सहप्राध्यापक

Downloads

Published

2026-09-22

Issue

Section

Articles

How to Cite

Atom, N. (2026). पङ्खावती कथाको स्वैरकाल्पनिक संरचना. Pranayan प्रणयन, 27(9), 1-13. https://doi.org/10.3126/pranayan.v27i9.100377