‘हेछाकुप्पा’ लोककथामा अभिव्यक्त लोकविश्वास

Authors

  • Babu Ram Ojha भोजपुर बहुमुखी क्याम्पस, भोजपुर

DOI:

https://doi.org/10.3126/prajna.v126i1.86365

Keywords:

छौवा, नाक्छोङ, माङ, मुन्धुम, रितभात

Abstract

प्रस्तुत लेख हेछाकुप्पा लोककथामा अभिव्यक्त लोकविश्वासको विश्लेषणमा केन्द्रित रहेको छ । हेछाकुप्पा किराँती धार्मिक संस्कृति, सामाजिक रहनसहन र लोकव्यवहारसँग सम्बन्धित किराँती समुदायमा प्रचलित लोककथा हो । यस कथामा किराँती समाजमा परम्परादेखि चलिआएका थुप्रै मान्यता र विश्वास अभिव्यक्त भएका छन् । लोकसमाजमा पुरातन समयदेखि चलिआएको मान्यता र विश्वासलाई लोकविश्वास भनिन्छ । यसमा आदिम समयदेखि प्रचलनको रूपमा रहेका आस्था र समाज सञ्चालन गर्ने लोकविचारको समुच्चय रहेको हुन्छ । प्रस्तुत लेख तयार पार्न प्राथमिक सामग्री क्षेत्रीय अध्ययन विधिबाट र सहयोगी द्वितीयक सामग्री पुस्तकालय कार्यबाट सङ्कलन गरिएको छ । सामग्री विश्लेषणका लागि मुख्यतः पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । हेछाकुप्पा लोककथामा किराँती समाजका मृत्युसंस्कार, विवाहपद्धति, नाक्छोङको धार्मिक र सामाजिक योगदान, मुन्धुमको महत्त्व र भूमिका तथा विभिन्न प्राकृतिक स्थल, वनस्पति आदिको उत्पत्ति र स्वाद जस्ता विषयमा रहेको लोकविचार र मान्यता अभिव्यक्त भएका छन् । किराँती समाजमा प्रचलनमा रहेका दर्जनौँ लोकविश्वासलाई कथावस्तु, पात्र र विचारका रूपमा प्रस्तुत गरिएको यो लोककथा लोकआस्था र मान्यताको अभिव्यक्तिका दृष्टिले सशक्त रहेको निष्कर्ष प्रस्तुत शोधलेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF
0

Downloads

Published

2025-11-13

How to Cite

Ojha, B. R. (2025). ‘हेछाकुप्पा’ लोककथामा अभिव्यक्त लोकविश्वास. Prajna प्रज्ञा, 126(1), 227–240. https://doi.org/10.3126/prajna.v126i1.86365

Issue

Section

सांस्कृतिक अध्ययन Cultural Studies