‘फेरि अर्को लड्ढा ध्वस्त हुने छैन’ एकाड्ढीमा विनिर्माणवाद

Authors

  • Subash Neupane महेन्द्र बहुमुखी क्याम्पस, धरान

DOI:

https://doi.org/10.3126/prajna.v126i1.86363

Keywords:

कुरूपता, नारीवाद, विधाभञ्जन, विसङ्गति, स्वैरकल्पना

Abstract

प्रस्तुत लेख नाटककार गोपाल देवानको ‘फेरि अर्को लङ्का ध्वस्त हुने छैन’ एकाङ्की नाटकमा प्रस्तुत विनिर्माणवादको विश्लेषणमा केन्द्रित छ । विनिर्माणवादमा स्थापित कथा र पात्रलाई नयाँ दृष्टिकोणले हेरिन्छ र नयाँ विचारलाई स्थापित गरिन्छ । प्रस्तुत नाटकमा केकस्तो विनिर्माणवादी समालोचना पद्धतिको प्रयोग गरिएको छ भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार विनिर्माणवादको स्थापित सिद्धान्तका आधारमा व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा नाटककार गोपाल देवानको सन्तापको धून (२०७६) नाटकसङ्ग्रहभित्र समाविष्ट ‘फेरि अर्को लङ्का ध्वस्त हुने छैन’ एकाङ्की नाटकलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा यस एकाङ्की नाटकमाथि प्रकाश पारी लेखिएका लेखहरू तथा विनिर्माणवादी चिन्तनका बारेमा प्रकाश पारी लेखिएका सामग्रीहरूको उपयोग गरिएको छ । पौराणिक सभ्यताको कथालाई विनिर्माण गरी स्वैरकल्पनाका माध्यमबाट वर्तमान युगका विकृति तथा विसङ्गतिको चित्रण गरिएको प्रस्तुत एकाङ्की नाटकमा नारीवादी चेतनाको समेत अभिव्यक्ति भएको पाइन्छ । अतः यो एकाङ्की नाटकमा कथावस्तु पात्र तथा उद्देश्यमा विनिर्माणवादको संयोजनका माध्यमबाट वर्तमान युगका जटिलतालाई सुन्दर रूपमा प्रस्तुत गरिएको एकाङ्की नाटक हो भन्ने निष्कर्ष यस लेखको विश्लेषणबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
PDF
0

Downloads

Published

2025-11-13

How to Cite

Neupane, S. (2025). ‘फेरि अर्को लड्ढा ध्वस्त हुने छैन’ एकाड्ढीमा विनिर्माणवाद. Prajna प्रज्ञा, 126(1), 201–212. https://doi.org/10.3126/prajna.v126i1.86363

Issue

Section

Articles