‘भुन्टीको भविष्य’ कथामा परिवेश

Authors

  • Netra Atom नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

अन्तराल, अवस्थिति, कालावधि, द्वन्द्वको तह, भूदृश्य, स्थान

Abstract

प्रस्तुत लेखमा मनु ब्राजाकीको ‘भुन्टीको भविष्य’ कथालाई पात्रको कार्यपीठिकाका रूपमा रहेको परिवेशको विश्लेषणमा समय, स्थान र मानवीय सम्बन्धका पृथक् आयामहरूको मूल्याङ्कन गरेर उक्त कथामा परिवेश प्रस्तुतिको निरूपण गरिएको छ । ‘भुन्टीको भविष्य’ कथामा आएका घटनाशृङ्खला, पात्रहरूको क्रियाकलाप र चिन्तन तथा विचारधारासित जोडिएर यसको परिवेशले भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक पहिचानको सूक्ष्म अवलोकन गर्दै स्थानीयतालाई नेपालव्यापी कार्यपीठिका बनाएको सन्दर्भ स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा परिवेशका आयामहरूका आधारमा ‘भुन्टीको भविष्य’ कथाको अध्ययनका निम्ति म्याक्की (सन् १९९७) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक शोधअअन्तर्गत उक्त कथाको पाठगत विश्लेषण गरिएको छ । यस क्रममा कालावधि, अन्तराल, अवस्थिति र द्वन्द्वको तह गरी चारओटा उपकरणलाई परिवेशका आयामको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा कथानकलाई गति दिई घटनाको पृष्ठभूमि, पात्रका क्रियाकलाप र चिन्तन, सामाजिक–सांस्कृतिक अभिव्यक्ति आदिका साक्ष्यका आधारमा परिवेशका उपर्युक्त चार आयामको खोजी गर्दै ‘भुन्टीको भविष्य कथामा २०४० सालको दशकमा नेपालको तराईको चुरेनिकट क्षेत्रमा बसोबास गरेका गरिब सुकुम्वासीहरूप्रति सरकारी पक्षबाट भएको ज्यादतीको सङ्क्षिप्त अन्तरालमा बिम्बमय चित्रण गरी सांस्कृतिक र मानवीय मूल्यको विघटनका कारण भविष्यमा वर्गीय द्वन्द्वको सिर्जना हुने वातावरणको सङ्केत रहेको छ भन्ने निष्कर्ष निकालिएको छ । यसले गर्दा मनु ब्राजाकीको ‘भुन्टीको भविष्य’ कथाको परिवेशले समसामयिक र यथार्थ आर्थिक समस्यामा आधारित भई पाठकमा समाख्याता तथा पात्रहरूको कार्य र सोचलाई जीवन्त एवम् संवेदनशील ढङ्गले प्रक्षेपण गर्न सफल भएको पुष्टि हुन्छ ।

Abstract
117
PDF
25

Downloads

Published

2025-11-13

Issue

Section

Articles

How to Cite

Atom, N. (2025). ‘भुन्टीको भविष्य’ कथामा परिवेश. Prajna प्रज्ञा, 126(1), 139-150. https://doi.org/10.3126/prajna.v126i1.86353