भारतीय नेपाली कथामा उत्तरऔपनिवेशिक चेतना

Authors

  • Krishna Kumar Sapkota कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किम

Keywords:

उपनिवेश, उत्तरउपनिवेशवाद, किनारीकरण, परिचय सङ्कट, वर्णशङ्कर, अस्तित्वको खोजी

Abstract

यस लेखमा उत्तरउपनिवेशवादको परिचय दिँदै भारतीय नेपाली कथाको अध्ययन गरिएको छ । औपनिवेशिक अनुभव र द्वेषले जन्माएको उत्तरउपनिवेशवादको वैश्विक परिप्रेक्ष्य अत्यन्त बृहत् छ । उत्तरउपनिवेशवादमा अन्तर्निहित वैिशष्ट्यहरू समयक्रम अनि परिस्थितिअनुरूप परिवर्तित भइरहने हुनाले यसको प्रयोग क्षेत्र पनि विस्तारित भएको छ । स्वतन्त्रता मानिसको आवश्यकतासँगै जीवनको आधार पनि हो । वर्षौँसम्म परतन्त्र जीवन अनि शोषण सहेर बाँचेका मानिसको अनुभवबाट निसृत उत्तरऔपनिवेशिक अवधारणाले वैश्विक मानव समाजलाई अस्तित्व चेतनाका निम्ति सचेत रहने आग्रह गर्दछ । यो अवधारणा प्रत्येक मानिसले आफ्नो निक्खर जीवन बाँच्न पाउनुपर्छ भन्ने आधार वाक्यमा आश्रित छ । यही आग्रह र जीवन चेतनालाई ग्रहण गरी भारतीय नेपाली कथामा यसको प्रतिफलन कसरी भएको छ भन्ने अध्ययन प्रस्तुत लेखको मूल विषय हो । यस भावभूमिमा रहेर भारतीय नेपाली कथाको अध्ययन गर्दा यहाँका कथामा आफ्नो परिचयका निम्ति गरिएका सङ्घर्ष एवम् भारतमा नेपाली जाति किनारीकृत साथै आन्तरिक उपनिवेशबाट पीडित रहेको अनुभवको वर्णन गर्ने क्रममा उत्तरऔपनिवेशक चेतना स्वतः समाहित भएर आएको निष्कर्ष देखिन्छ । यसका साथै समसामयिक भारतीय नेपाली कथाको एउटा प्रमुख प्रवृत्ति पनि उत्तरऔपनिवेशिक चेतना रहेको पनि यस लेखमा निष्कर्ष निकालिएको छ ।

Abstract
101
PDF
18

Downloads

Published

2025-11-13

Issue

Section

Articles

How to Cite

Sapkota, K. K. (2025). भारतीय नेपाली कथामा उत्तरऔपनिवेशिक चेतना. Prajna प्रज्ञा, 126(1), 123-138. https://doi.org/10.3126/prajna.v126i1.86311