अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना

Authors

  • Him Maya Paudel पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/prajna.v126i1.86310

Keywords:

प्रगतिवाद, माक्र्सवाद, द्वन्द्वात्मक भौतिकवाद, पुँजीवादी समाज, वर्गीय संरचना

Abstract

प्रस्तुत आलेख अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतनाको सन्दर्भ निर्क्योल गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यसमा प्रगतिवादी साहित्य सिद्धान्तका आधारमा तत् तत् सन्दर्भ र मुखरित मुक्तिका स्वरहरूको सूक्ष्म रूपमा अनुशीलन गरिएको छ । सामग्री सङ्कलनको पुस्तकालयीय कार्य अवलम्बन गरिएको यस लेखमा प्राथमिक÷मूल सामग्रीका रूपमा अनिदो पहाडसँगै उपन्यासलाई र अनुसन्धान प्रबन्ध, पुस्तक, लेख, जर्नल, विद्युतीय सामग्री आदि द्वितीय सामग्रीहरूलाई आवश्यकताअनुसार अनुप्रयोग गरिएको छ । अनुसन्धानको गुणात्मक पद्धतिमा आधारित यस लेखमा तथ्यहरूको व्याख्याका लागि विश्लेषणात्मक विधि उपयोग गरिएको छ । प्रस्तुत उपन्यासमा २०१७ सालपछिको पञ्चायती व्यवस्था, २०३५ सालको सशक्त विद्यार्थी आन्दोलन र त्यसको प्रभावबाट २०३६ सालमा घटित जनमतसङ्ग्रह, नेपाली सामाजिक तथा राजनीतिक जीवनमा आएका उथलपुथल, नेपालीले भोग्नुपरेका पीडा, दुःख, दर्द र सङ्घर्ष, वर्गीय उत्पीडन, लैङ्गिक थिचोमिचो, सत्ताको दमन एवम् त्यसप्रतिको प्रतिरोध, घात–प्रतिघात, आशा–निराशा आदिको चित्रण गरिएको छ । यिनै घटनाक्रमको कलात्मक प्रस्तुतिमा प्रगतिवादी चेतनाका सन्दर्भ र स्वरहरू प्रस्ट रूपमा मुखरित गरिएकाले उल्लिखित उपन्यास पारिजातको सफल प्राप्ति रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-11-13

How to Cite

Paudel, H. M. (2025). अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना. Prajna प्रज्ञा, 126(1), 111–122. https://doi.org/10.3126/prajna.v126i1.86310

Issue

Section

Articles