साइबर संस्कृतिविषयक नेपाली समालोचनाको स्वरूप

Authors

  • Dipak Prasad Dhakal नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

अधिपाठ, अनुरूपण, उत्तरमानव, कृत्रिम बुद्धिमत्ता, साइबरपङ्क

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख साइबर संस्कृति र नेपाली समालोचनामा यसको स्वरूपमा केन्द्रित छ । सन् १९८० को दशकबाट आरम्भ भएको कम्प्युटरपछाडिको दिक्, इन्टरनेट सञ्जाल, मानव जीवनमा इन्टरनेट सञ्जालले पारेको प्रभाव तथा यसलाई साहित्य सिर्जनामा गरिएको रूपान्तरमा केन्द्रित भएर प्रस्तुत लेखमा सैद्धान्तिक तथा ऐतिहासिक पक्ष तयार गरिएको छ । साइबर संस्कृतिविषयक सैद्धान्तिक सामग्रीलाई प्राथमिक तथा नेपाली समालोचनामा यसको प्रयोगसम्बद्ध द्वितीयक सामग्रीलाई पुस्तकालय स्रोतको प्रयोग गरी विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा गुणात्मक विधि प्रयोग गरिएको छ । नेपाली समालोचनाका साइबर संस्कृतिविषयक अध्ययनलाई तथ्यका रूपमा प्रयोग गरेर तिनमा प्रस्तुत गरिएको सैद्धान्तिक चिन्तनको प्रधानताका आधारमा वर्गीकरणसमेत गरिएकाले यसमा आगमनात्मक विधि अंशत प्रयोग भएको छ तर समग्रमा निगमनात्मक विधिकै अधिक प्रयोग गरिएको छ । साइबर संस्कृतिको ऐतिहासिक र सैद्धान्तिक प्रारूपका निम्ति नेपाली सहित्यका आख्यानविषयक समालोचनालाई विश्लेषणको आधार बनाइएको छ । नेपाली समालोचनामा साइबरविषयक अध्ययन आंशिक तथा पूर्ण सैद्धान्तिक गरी दुई धारबाट विकसित भएको देखिन्छ । विशेषतः अन्तरग्रहीय जैविक अस्तित्व, सञ्चार तथा अतिकाल्पनिक विषयवस्तु पनि साइबर संस्कृतिविषयक नेपाली समालोचनामा प्रयोग भएको छ । तिनमा वर्तमानमा उपलब्ध इन्टरनेट सञ्जाल र यसको विशिष्टताको विज्ञानसम्मत कु्नै उल्लेख छैन । यसका विपरीत विज्ञानविषयक आख्यानमा केन्द्रित समालोचनामा इन्टरनेट सञ्जालको प्रयोग, अन्तरग्रहीय प्रणाली, मानवका आगामी जैविक अस्तित्व र सम्भावित जोखिमका विषयबारे सम्भावनाको सत्याभास हुने गरी विश्लेषण गरिएकाले साइरबर संस्कृति सम्बद्ध धार पनि विकसित भएको छ । साइबर संस्कृतिलाई समालोचनामा मुख्यतः साइबरपङ्क, अधिपाठ, कृत्रिम बुद्धिमत्ता र उत्तरमानव जस्ता पक्षको प्रयोग गरी प्रारूपीकृत गरिएको देखिन्छ । इन्टरनेट सञ्जालका कारण भौतिक दिक् परोक्ष (उत्कट) मा परिणत भएको आजको अवस्थामा नेपाली आख्यान सिर्जना र समालोचना साइबर संस्कृति सम्बद्ध भई विकसित भएको देखिन्छ ।

Abstract
125
PDF
32

Downloads

Published

2025-11-13

Issue

Section

Articles

How to Cite

Dhakal, D. P. (2025). साइबर संस्कृतिविषयक नेपाली समालोचनाको स्वरूप. Prajna प्रज्ञा, 126(1), 83-96. https://doi.org/10.3126/prajna.v126i1.86308