एक पालुवा अनेकौँ याम उपन्यासमा सामाजिक संरचना

Authors

  • Bidula Ghimire रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँ

Keywords:

आर्थिक संरचना, सामाजिक बनावट, मिश्रित ढाँचा, राजनीतिक सञ्चेतना, सांस्कृतिक संरचना

Abstract

प्रस्तुत लेख एक पालुवा अनेकौँ याम उपन्यासमा कालखण्डविशेषको नेपाली सामाजिक संरचनाका कुन कुन पक्षहरूले केकसरी अभिव्यक्ति पाएका छन् भन्ने मूल प्राज्ञिक जिज्ञासाको समाधानमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत अध्ययनमा साहित्यको समाजशास्त्रीय अध्ययनार्थ विकसित प्रमुख सैद्धान्तिक प्रस्थापनाहरूमध्ये सामाजिक संरचनालाई कृतिविश्लेषणको मुख्य आधार बनाइएको छ र त्यस क्रममा मूलतः माक्र्सवादको ऐतिहासिक भौतिकवादी तथा रेमन्ड विलियम्सको सांस्कृतिक भौतिकवादी मान्यतालाई अवलम्बन गरिएको छ । त्यसअनुसार सामाजिक बनावट, आर्थिक, शैक्षिक तथा प्रशासनिक स्थिति, वर्गीय सम्बन्ध, सांस्कृतिक परिप्रेक्ष्य, जातीय सम्बन्ध एवम् लैङ्गिक सम्बन्धलाई पाठगत तथ्य विश्लेषणको प्रमुख पर्याधारका रूपमा तय गरिएको छ । लेखको अन्त्यमा प्रस्तुत उपन्यासले राणाकालीन अन्तिम प्रहरको मूलतः पूर्वी तराई एवम् राजधानी काठमाडौँको
सामन्तवादी विभेदले ग्रस्त नेपाली समाज र संस्कृतिलाई प्रकाश पारेको निष्कर्ष निकालिएको छ र त्यस बेला मिश्रित ढाँचाको स्वरूप लिँदै गरेको तद्स्थानिक नेपाली सामाजिक संरचनाको निरूपण गर्दै तत्कालीन समाज रूपान्तरणको प्रक्रियालाई पनि उल्लेख गरिएको छ ।

Abstract
110
PDF
24

Downloads

Published

2025-11-13

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

Ghimire, B. (2025). एक पालुवा अनेकौँ याम उपन्यासमा सामाजिक संरचना. Prajna प्रज्ञा, 126(1), 39-54. https://doi.org/10.3126/prajna.v126i1.86304