जनगणना (२०२१) र नेपालको भाषिक स्थिति

Authors

  • Bhim Lal Gautam भाषाविज्ञान केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/prajna.v126i1.86271

Keywords:

अपसरण, पैतृक भाषा, भाषा नीति, भाषिक जनगणना, भाषिक सम्पर्क

Abstract

नेपालमा भाषाहरूको तथ्याङ्कको आधिकारिक स्रोत जनगणना नै हो । जनगणना २०२१ अनुसार नेपालमा १२४ मातृभाषाहरू छन् जुन चार प्रमुख भाषापरिवारहरूमा वर्गीकृत भएका छन्, जस्तै : भारोपेली, भोटबर्मेली, आग्नेय र द्रविडसहित एक कुसुन्डा भाषा र नेपाली साङ्केतिक भाषा पनि प्रयोग भएको देखिन्छ । यो लेखमा जनगणना (२०२१) मा आधारित भएर नेपालका भाषाहरूको भाषिक परिवार र तिनका अन्य उपशाखाहरूका बारेमा जानकारी दिने काम गरिएको छ । जनगणनामा उपलब्ध तथ्याङ्कलाई विभिन्न समाजवैज्ञानिक सिद्धान्त र अनुसन्धानका आधारमा रहेर विश्लेषण पनि गरिएको छ । अध्ययनअनुसार भाषिक जीवन्तता र भाषा प्रयोगका विभिन्न स्तरहरू मूल्याङ्कन गर्दा ४७.६% मातृभाषाहरू मात्र सुरक्षित देखिन्छन् । नेपालमा लगभग ११७ जति भाषाहरू दोस्रो भाषाको रूपमा बोलिन्छन् भने अङ्ग्रेजी र हिन्दी भाषा पनि त्यतिकै प्रयोग भएको देखिन्छ । यो जनगणनामा सम्मानस्वरूप पहिलो पटक पुर्खाको भाषा पनि रेकर्ड गरिएको थियो जसले भाषिक पहिचानका साथै भाषा परिवर्तन र प्रवृत्ति बुझ्नमा भाषिक सम्पर्क र द्विभाषिकताको अवस्था पनि देखाएको थियो । यहाँ बोलिने ७२ वटा भोट–बर्मेली मातृभाषाहरूले कुल जनसङ्ख्याको १६.६% मात्र प्रतिनिधित्व गर्छन् भने ८३% भन्दा बढी मानिसहरूले मातृभाषाको रूपमा भारोपेली भाषाहरू बोल्छन् । यो जनगणनाले सन् २०११ मा गणना गरिएका के ही गैर–आदिवासी भाषाहरूलाई समावेश गरेको छैन भने नयाँ १२ वटा भाषालाई मातृभाषाका रूपमा नामकरण गरी मान्यता दिएको छ । यद्यपि वास्तविक तथ्याङ्क थाहा पाउन छुट्टै भाषिक जनगणना आवश्यक छ । नेपालमा हाल भइरहेको भाषिक सम्पर्क र अपसरणको प्रभावले भाषा प्रयोगको स्थितिमा निकै परिवर्तन देखिएको छ । भाषाहरूको अभिलेखीकरणका साथै बाह्य र भित्री रूपमा सम्पर्कका कारणले पर्ने  प्रभावको बारेमा अनुसन्धान गर्नुपर्ने कुराको महत्त्वलाई यस लेखमा देखाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
6

Author Biography

Bhim Lal Gautam, भाषाविज्ञान केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उप–प्राध्यापक

Downloads

Published

2025-11-13

How to Cite

Gautam, B. L. (2025). जनगणना (२०२१) र नेपालको भाषिक स्थिति . Prajna प्रज्ञा, 126(1), 1–14. https://doi.org/10.3126/prajna.v126i1.86271

Issue

Section

भाषिक अध्ययन Linguistic studies