‘राजेन्द्र सुवेदीको महाप्रयाण’ निबन्धमा सृष्टिचिन्तन {Srishtichintan in the essay 'Rajendra Subedi's Mahaprayana'}

Authors

  • सुधा Sudha शर्मा Sharma

DOI:

https://doi.org/10.3126/prajna.v125i1.75306

Keywords:

नश्वरता, पञ्चमहाभूत, पुरुष, पौरस्त्य, प्रकृति

Abstract

प्रस्तुत आलेख राजेन्द्र सुवेदीद्वारा लिखित ‘राजेन्द्र सुवेदीको महाप्रयाण’ निबन्धमा सृष्टिचिन्तन विश्लेषण गर्न केन्द्रित रहेको छ । प्रस्तुत निबन्ध सुवेदीको ‘जीवन: गोप्य सिलबन्दी खाम (२०७१) मा सङ्ग्रहीत आत्मपरक निबन्ध हो । पुस्तकालयीय अध्ययनबाट सामग्री सङ्कलन गरिएको यस लेखमा विवेच्य निबन्धमा प्रयुक्त दर्शनपरक सृष्टिचिन्तनसम्बन्धी कथ्य र निबन्धकारका चिन्तनको विश्लेषण गर्नु सान्दर्भिक रहेको देखिन्छ र यहाँ वर्णनात्मक तथा व्याख्यात्मक विधि अवलम्बन गरिएको छ । पूर्वीय दर्शनका साङ्ख्य र वेदान्तदर्शनले प्रतिपादन गरेको सिद्धान्तअन्तर्गतको दार्शनिक मान्यताका रूपमा सृष्टिचिन्तन रहेको छ । यसै मान्यताका आधारमा रहेर यहाँ निबन्धभित्र रहेको सृष्टिचिन्तनको सूक्ष्म विवेचना गर्न निबन्धकारले भौतिक जगत्सँग आफ्नो भौतिक शरीरको तुलना गरी मृत्युपछिको परिकल्पनामा सृष्टिचिन्तनको सैद्धान्तिक आधार स्वीकार गरेका छन् । यहाँ सृष्टिको रहस्य, कारकतत्त्व र स्वरूप देखाउने काम भएको छ । यो सृष्टिको नियन्ता प्रकृति र पुरुष हो, संसारको उत्पत्ति पञ्चतत्त्वबाट भएजस्तै भौतिक शरीर पनि पाञ्चभौतिक तत्त्वको मेलबाट बनेको छ । यहाँ सृष्टिको निरन्तर गतिमा निबन्धकारको प्रादुर्भाव भएको सृिष्टचिन्तन प्रकट भएको छ । यो सृष्टिमा आउने–जानेक्रम निरन्तर चलिरहने हुँदा आफ्नो महाप्रयाण पनि नियमित प्रक्रिया हो भन्ने सृष्टिचिन्तन मुख्य विषय बनेर आएको छ । सुवेदीको ‘राजेन्द्र सुवेदीको महाप्रयाण’ निबन्ध पूर्वीय दार्शनिक चिन्तनका मान्यतामा सम्बन्धित भएकाले यसमा सृष्टिचिन्तन नै मुख्य विषय बनेको छ । पाञ्चभौतिक शरीर नै जगत् हो यसको समायोजनमा शरीरनिर्माण हुने र वियोजनमा प्रलय हुन्छ भन्ने पूर्वीय दर्शनका मान्यतालाई ल्याइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
10

Downloads

Published

2024-12-31

How to Cite

शर्मा Sharma स. . S. (2024). ‘राजेन्द्र सुवेदीको महाप्रयाण’ निबन्धमा सृष्टिचिन्तन {Srishtichintan in the essay ’Rajendra Subedi’s Mahaprayana’}. Prajna प्रज्ञा, 125(1), 219–230. https://doi.org/10.3126/prajna.v125i1.75306

Issue

Section

दर्शनशास्त्रीय अध्ययन Philosophical Studies