नेपाली सन्तकाव्यमा रहस्यवाद {Mysticism in Nepali Santakavya}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75303Keywords:
योग, रहस्यवाद, रहस्यानुभूति, शून्यता, सन्तकाव्यAbstract
प्रस्तुत लेखमा नेपाली सन्तकाव्यमा प्रयुक्त रहस्यवादका विभिन्न आयामलाई विश्लेषण गरिएको छ । सामाजिक, नैतिक र दार्शनिक विषयवस्तुमा आधारित सन्तकाव्य नेपाली साहित्यको निर्गुण भक्तिधाराअन्तर्गत पर्ने एउटा साहित्यिक परम्परा हो भने रहस्यवाद साहित्यमा चलेको एउटा आध्यात्मिक प्रवृत्ति हो । मानवीय जीवन र समाजका विभिन्न विषयलाई लिएर काव्य रचना गर्ने सन्तहरूको मुख्य उद्देश्य हठयोगको साधना गरी निर्गुण ब्रह्मानुभूतिबाट सिद्धि प्राप्त गर्ने हुनाले सन्तकाव्यमा साधनात्मक रहस्यवाद रहन गएकोे छ । मूलत: सन्तहरूले मानवीय मूल्य, सृष्टि र जीवनको विवेचना गर्दै आत्मज्ञानद्वारा रहस्य–दर्शनलाई कसरी प्राप्त गरेका छन् भन्ने कुराको उद्घाटन गरी बौद्ध दर्शनको शून्यवादी अवधारणा र सन्तहरूको रहस्यानुभूतिबिच पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यहाँ साधन रहस्यवादका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरीे व्याख्या र विश्लेषणद्वारा यसको समाधान गरिएको छ । यस प्रकार साधनात्मक रहस्यवादमा निर्धारित निर्गुण ब्रह्मको जिज्ञासा र स्वरूप, प्रेमको चेतना, चित्तको शून्य अवस्था, रहस्यानन्दको प्रयत्न र रहस्यानुभूतिको अभिव्यक्ति आदि प्रक्रियाहरू केलाउँदै नेपाली सन्तकाव्यको रहस्यवाद बौद्धको शून्यवादमा आधारित छ भन्ने निष्कर्ष निकालिएको छ ।