‘गुनासो’ कथामा शृङ्गार र रौद्र रस {Sringar and Rudra Rasa in the story 'Gunaso'}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75299Keywords:
अङ्गी रस, आलम्बन, परिपाक, भावक, रसावस्थाAbstract
नारीको जीवन भोगाइको सूक्ष्म अध्ययन गरी विविध आयाम र पाटाहरूको गहन विश्लेषण गरिएको गुनासो कथा रसविधान र नारीवादी प्रतिरोध चेतनालाई विषयवस्तु बनाइएको एक सशक्त कथा हो । प्रस्तुत आलेख गुणात्मक प्रकृतिको भएकाले पुस्तकालयबाट सामग्री सङ्कलन गरिएको छ । शृङ्गार रस र रौद्र रसलाई सैद्धान्तिक रूपमा देखाउँदै कथाको सूक्ष्म विश्लेषण गरिएको छ र विश्लेषणका क्रममा निगमनात्मक, वर्णनात्मक, व्याख्यात्मक विधि अवलम्बन गरेर निष्कर्षमा पुगिएको छ । पुरुषसत्तात्मक समाजमा पुरुषले महिलालाई केवल उपभोग्य वस्तु ठान्ने र महिलाले हर किसिमका दमन चुपचाप सहनुपर्ने धारणाको कथामा प्रतिरोध गरिएको छ । आलेखमा पूर्वीय नौ रसमध्ये शृङ्गार रस र रौद्र रसका विभिन्न रस सामाग्रीको विश्लेषण गर्दै गुनासो कथामा ती कसरी घटित भएका छन् भन्ने सन्दर्भलाई देखाइएको छ । सूर्य र आर्याको पे्रमसम्बन्ध, तय भएको बिहे छोडेर जानु, मनमुटाव, असमझदारी, एकअर्काप्रति शङ्काको भावना, सूर्यले आर्यालाई गरेको दुव्र्यवहार र सम्बन्ध विच्छेदजस्ता घटनाहरूको विश्लेषण शृङ्गार र रौद्र रसका माध्यमबाट गरिएको छ । सामाजिक र डायस्पोरिक जीवन शैलीलाई विषयवस्त बनाएर सरल र सहज शैलीमा लेखिएको गुनासो कथा आदित्य र आर्याको पे्रमसम्बन्धबाट रति स्थायीभाव हुने शृङ्गार रस र सम्बन्ध विच्छेदको घटनाले रौद्र रस परिपाक अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ ।