अग्नि महाकाव्यमा सीमान्तीयता {Marginality in the Agni epic}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75297Keywords:
अधीनस्थता, प्रतिनिधित्व र पहिचान, सीमान्तीय आवाज, सीमान्तीय दृष्टिकोणAbstract
प्रस्तुत लेखको उद्देश्य नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्यमा प्रयुक्त जातीय प्रतिनिधित्व र पहिचान, सीमान्तीय जातको आवाज र सीमान्तीय जातप्रति लेखकीय दृष्टिकोणको खोजी गर्नु हो । अध्ययनको निर्दिष्ट उद्देश्य पूरा गर्न गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको छ । पुस्तकालयीय अध्ययन कार्यबाट प्राथमिक र द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी महाकाव्यको व्याख्या विश्लेषण गरिएको यस अध्ययनमा जातीय सीमान्तीयताको सिद्धान्तलाई आधार बनाइएको छ । महाकाव्यमा विशेषगरी सत्तामा बसेका शासकले दलित जातिको श्रम शोषण गरी कसरी उनीहरूलाई किनारामा पु¥याउँछ भन्ने कुरालाई जातीय प्रतिनिधित्व र पहिचानका माध्यमबाट प्रस्तुत गरिएको छ । अग्निबाटै इतिहास र सभ्यताको विकास भएका कारण आरनमा काम गर्ने जातलाई किनारामा पार्न नहुने, इतिहासको पुनर्लेखन गर्नुपर्ने लेखकीय दृष्टिकोणसमेत उक्त महाकाव्यमा पाइन्छ । महाकाव्यमा ठुले कामी, छेलाङी, जुनीमाया पात्रहरू सीमान्तीय रूपमा देखिएका छन् भने हेमकर्ण सेन पात्र उच्च जातका रूपमा आएको छ । महाकाव्यमा प्रभुताको उपयोग सम्भ्रान्त जातले मात्र गरेका छन् भने सदियौँदेखि शोषित र उपेक्षित बनेका सीमान्त जात प्रभुताबाट वञ्चित छन् । यिनै सीमान्तीय सन्दर्भहरूलाई विश्लेषण गरी निष्कर्षमा पुगिएको प्रस्तुत लेखले जातीय सीमान्तीयताको अध्ययनमा रुचि राख्ने अध्येताका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।