उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासमा मानवसम्बन्ध {Epilogue i.e. the human relationship in the fourth ending novel}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75294Keywords:
अन्य, द्वन्द्वात्मकता, बाधक, विरोधाभासयुक्त, साधकAbstract
प्रस्तुत लेखमा धु्रवचन्द्र गौतमको उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता मानवसम्बन्धका कोणबाट विश्लेषण गरिएको छ । उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासमा मानवसम्बन्धको अभिव्यक्ति कसरी भएको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ । यस अध्ययनका लागि आवश्यक पर्ने आधारभूत र सहायक सामग्रीको सङ्कलन पुस्तकालयीय स्रोतबाट गरिएको छ । अस्तित्ववादी जीवनदर्शनलाई यस लेखमा सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धानमा आधारित यस अध्ययनमा शोधदर्शनका बिचमा समन्वय कायम गरी अध्ययनलाई पूर्णता प्रदान गरिएको छ । यस अध्ययनमा पाठविश्लेषण अध्ययनविधिको अवलम्बन गरिएको छ । अन्य अस्तित्वको साधक, अन्य अस्तित्वको बाधक र अन्यसँग द्वन्द्वात्मक सम्बन्धजस्ता उपकरणलाई विश्लेषणको आधार बनाई यस लेखलाई परिपाकमा पु¥याइएको छ । यस लेखको अन्त्यमा उक्त उपन्यासले अस्तित्वशील मानिसका बिचमा सकारात्मक, नकारात्मक र द्वन्द्वात्मक खालको सम्बन्ध रहे पनि सकारात्मकतालाई मुख्य आधार बनाई जीवनयापन गर्दा मानवीय जीवन समुन्नत र सुखद हुन सक्ने विमर्श प्रवाहित गरेको छ भन्ने कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।