राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal

Keywords:

अभिलाषा, गुणकथन, चिन्ता, व्याधि, स्मृति

Abstract

प्रस्तुत लेखमा लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटकमा पाइने विरहका अवस्थाको विश्लेषण गरिएको छ । यसमा विवेच्य कृतिलाई आधारभूत सामग्रीका रूपमा र सैद्धान्तिक अध्ययनका लागि विविध सन्दर्भ सामग्रीलाई उपयोग गरिएको छ । दुवै प्रकृतिका स्रोतका सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । रससिद्धान्तअन्तर्गत व्यभिचारीभावमा रहेका भाव तथा साहित्यशास्त्रले स्वीकार गरेका विरहका दशओटा अवस्था अभिलाषा, चिन्ता, स्मृति, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, जडता, व्याधि, मृत्युलाई आधार मानेर राहुल यशोधरा संवाद गीतिनाटककी मुख्य पात्र यशोधरामा पाइने विरहको अवस्थाको अध्ययन गरिएको छ । गीतिनाटकमा सिद्धार्थले ज्ञानप्राप्तिका लागि गृहत्याग गरेदेखि गृहप्रवेशसम्मका सन्दर्भमा यशोधराले भोगेको र बाँचेको जीवनमा विरहका अवस्थामा देखिएका छन् । शृङ्गार रसको वियोग पक्षमा हृदयको सूक्ष्म भाव तथा वृत्तिको प्रकाशन र प्रेमको शुद्ध रूपको प्रकटीकरण हुने भएकाले यसको परिष्कृत रूपमा विरहको अवस्था पाइन्छ । यस गीतिनाटकमा पनि यशोधराको सिद्धार्थसँग वियोग भएपछि उनको सम्झनामा रहेकी यशोधराको उनीप्रतिको आसक्तिमा विरहको अवस्था देखिएको छ । यस अध्ययनमा यशोधराका विरहका अवस्थालाई विवेच्य कृतिबाट सन्दर्भ दिई पुष्टि गर्ने प्रयास गरिएको छ ।  

Abstract
151
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}. (2024). Prajna प्रज्ञा, 125(1), 149-160. https://doi.org/10.3126/prajna.v125i1.75293

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}. (2024). Prajna प्रज्ञा, 125(1), 149-160. https://doi.org/10.3126/prajna.v125i1.75293