नारदमुनिको वालिङ यात्रा निबन्धसङ्ग्रहमा व्यङ्ग्य {Satire on Naradamuni's Walling Yatra Essay Collection}

Authors

  • नारायण Narayan मरासिनी Marasini

DOI:

https://doi.org/10.3126/prajna.v125i1.75277

Keywords:

अवसरवादी चरित्र, , कर्मचारी तन्त्र, प्रशासनिक भ्रष्टता, वक्रोक्ति, व्यञ्जना

Abstract

समय, व्यक्ति एवं परिवेशद्वारा निसृत विकृतिका कारकहरूलाई उच्छेदन गरी स्वस्थ एवं सभ्य समाज निर्माण गर्ने उद्देश्यले सिर्जित रचना विशेष नै व्यङ्ग्य निबन्ध हो । व्यङ्ग्य निबन्धमा असामाजिक पक्षको विरोध गरिन्छ; आडम्बरी प्रवृत्तिको पर्दाफास गरिन्छ । यसमा विद्यमान अन्याय–अत्याचार, असत्य, अव्यवस्थालगायतका विकृतिलाई हटाएर सुन्दर र सभ्य समाजको निर्माण गर्ने उद्देश्य रहेको हुन्छ । भेषजराज शर्मा व्यङ्ग्यात्मक शैलीमा निबन्ध लेख्ने निबन्धकार हुन् । यस लेखमा भेषजराजका निबन्धमा प्रयुक्त व्यङ्ग्य चेतनाको अध्ययन गरिएको छ । प्रस्तुत लेख गुणात्मक प्रकृतिकोे रहेको छ । लेखका लागि पुस्तकालयीय अध्ययन कार्यबाट प्राथमिक ‘नारदमुनिको वालिङ यात्रा’ र द्वितीयक (पुस्तक, पत्रिका आदि) स्रोतबाट तथ्य सङ्कलन गरी निगमनात्मक अध्ययन पद्धतिका सहायताले तिनको विश्लेषण गरिएको छ । अध्ययनमा प्रस्तुत दाबीलाई पुष्टि गर्न आवश्यक तर्क र साक्ष्यहरू प्रस्तुत गरिएको छ । सम्बन्धित पूर्व अध्येतासँग संवाद गर्दै आवश्यकताअनुसार लेखकीय दृष्टिकोण प्रस्तुत गरिएको छ । लेखमा ‘नारदमुनिको वालिङ यात्रा’ निबन्धसङ्ग्रह भित्रका निबन्धमा निहित व्यङ्ग्यार्थको विश्लेषण पूर्वीय साहित्यका चिन्तक कुन्तकको वक्रोक्ति सिद्धान्तमा आधारित भएर गरिएको छ । अन्त्यमा सामाजिक विकृति र विसङ्गतिहरूलाई वक्रोक्तिको शैलीमा प्रस्तुत गरिएका भेषजराजका निबन्धले चोटिलो व्यङ्ग्यका माध्यमबाट व्यक्ति र समाजलाई नैतिकताको बाटामा हिँडाउन चाहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
16

Downloads

Published

2024-12-31

How to Cite

मरासिनी Marasini न. N. (2024). नारदमुनिको वालिङ यात्रा निबन्धसङ्ग्रहमा व्यङ्ग्य {Satire on Naradamuni’s Walling Yatra Essay Collection}. Prajna प्रज्ञा, 125(1), 49–58. https://doi.org/10.3126/prajna.v125i1.75277

Issue

Section

साहित्यिक अध्ययन Literary Studies