लू उपन्यासमा विडम्बना {Irony in the Loo novel}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75276Keywords:
उत्पीडन, उपहास, कटाक्ष, विरोधाभास, विसङ्गतिAbstract
प्रस्तुत लेख नयनराज पाण्डेद्वारा लिखित लू उपन्यासमा प्रयुक्त विडम्बनाको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा पश्चिमी तराईको एउटा गाउँ पत्थरपुरवालाई कार्यपीठिका बनाइएको छ । समाजका व्यक्तिहरूले भोग्नुपरेका विभिन्न समस्याहरूको समग्रता नै यस उपन्यासको विषयसामग्री हो । विभिन्न पात्रहरूसँग सम्बन्धित घटना भएकाले उपन्यासको कथानक केही विशृङ्खलित जस्तो देखिए पनि तिनीहरूका साझा समस्या पनि छन् । प्राकृतिक प्रकोप, रोग, भोक, अज्ञान, अशिक्षा, अत्याचार, विदेशी हस्तक्षेप जस्ता कुरा सबैका साझा समस्या हुन् । पात्रका चारित्रिक विशेषता, तिनका व्यवहार र विचार विरोधाभासपूर्ण देखापर्दछन् । ती यावत् कुराहरूले उपन्यास विसङ्गतिपूर्ण बन्नपुगेको छ । त्यसप्रकारका विसङ्गतिप्रति उपन्यासमा कटाक्ष गरिएको छ । प्रस्तुत उपन्यासमा विडम्बनाको व्यापक प्रयोग गरिएको छ । त्यसको अध्ययन यस लेखको मुख्य अभीष्ट हो । त्यसका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र गुणात्मक पद्धतिअन्तर्गत पाठविश्लेषण विधिमा सामग्रीको विश्लेषण गरिएको छ । विडम्बनाको विश्लेषण गर्नका लागि विरोधाभास, विसङ्गति र कटाक्षलाई सूचक बनाइएको छ । समाजमा देखापरेका विरोधाभास र विसङ्गतिप्रति यस उपन्यासले तीव्र कटाक्ष गरेको छ र विडम्बनाको प्रयोगले प्रस्तुत उपन्यास निकै प्रभावोत्पादक बनेको छ भन्ने प्रस्तुत लेखको निष्कर्ष रहेको छ ।