तीन घुम्ती उपन्यासको वात्स्यायनशास्त्रीय विश्लेषण {A metaphysical analysis of the three wandering novels }

Authors

  • उर्मिला Urmila शर्मा Sharma

DOI:

https://doi.org/10.3126/prajna.v125i1.75275

Keywords:

कामवृत्ति पद्धति, कामशास्त्रीय सिद्धान्त, जीवनेच्छा, सांस्कृतिक सापेक्षवाद

Abstract

आख्यानकार विश्वेश्वरप्रसाद कोइराला प्रथम आधुनिक मनोवैज्ञानिक कथाकार र विसङ्गतिवादी–अस्तित्ववादी विचारका उपन्यासकार हुन् । फ्रायडवादी जीवनदृष्टि र अस्तित्ववादी मान्यताका आधारमा यिनका कथा–उपन्यासहरूको अध्ययन भएको छ । यिनका कथा–उपन्यासमा प्रथम पूर्वीय मनोवैज्ञानिक चिन्तक आचार्य वात्स्यायनको कामशास्त्रीय प्रभाव पनि पाइन्छ । कोइरालाका आख्यानमा वात्स्यायन र फ्रायडका विशेषताहरूलाई तुलनात्मक रुपमा खोज र विश्लेषण गर्ने सन्दर्भमा उपन्यासमा पाइने कामसूत्रीय प्रभावको समष्टिगत खोज र अध्ययन भए पनि कुनै पनि निश्चित उपन्यास कृतिमा केन्द्रित भई विशिष्टीकृत रूपमा त्यो काम हुन सकेको छैन । यस लेखमा उनको पहिलो उपन्यास ‘तीन घुम्ती’मा कामशास्त्रीय प्रभावको खोज र विश्लेषण गरिएको छ । वात्स्यायनको कामसूत्रले कामवृत्तिको सर्वोच्चता, नारीस्वतन्त्रता, नारी यौनमनोविज्ञान, युवाकेन्द्री मनोविज्ञान, सम्भोग सिद्धान्त, आचारहीनता र कामान्धताको विरोध, नारीअस्तित्व र मातृत्वको सम्मान तथा संस्कृतिसापेक्षवादको मान्यतालाई महत्त्व  दिएको छ । कोइरालाको ‘तीन घुम्ती’ उपन्यासमा यिनै वात्स्यायनसूत्रीय मान्यताहरूको प्रभाव देखिएको छ । यस अध्ययनमा वात्स्यायनको कामशास्त्रीय सिद्धान्तका आधारमा ‘तीन घुम्ती’ उपन्यासको विश्लेषण गरी निष्कर्ष दिने प्रयत्न गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
14

Downloads

Published

2024-12-31

How to Cite

शर्मा Sharma उ. U. (2024). तीन घुम्ती उपन्यासको वात्स्यायनशास्त्रीय विश्लेषण {A metaphysical analysis of the three wandering novels }. Prajna प्रज्ञा, 125(1), 23–34. https://doi.org/10.3126/prajna.v125i1.75275

Issue

Section

साहित्यिक अध्ययन Literary Studies