छाउपडी उपन्यासमा लैङ्गिकता {Gender in Chhaupadi Novel}

Authors

  • शालिकराम Shalikram पौड्याल Paudyal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62651

Keywords:

लैङ्गिक विभेद, पितृसत्ता, सशक्तीकरण, शरीर, लिङ्गीय दमन

Abstract

प्रस्तुत लेखमा कविता पौडेलद्वारा रचित छाउपडी उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । समाजद्वारा लिङ्गका आधारमा नारी र पुरुषबिच गरिने सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक आदि विभेदलाई लैङ्गिकता भनिन्छ । छाउपडी उपन्यासमा केकस्तो लैङ्गिकताको अवस्था रहेको छ भन्ने मूल समस्यामा केन्द्रित रही उपन्यासको लैङ्गिकताको अध्यययन गर्नु यस लेखको उद्देश्य हो । लैङ्गिकताको परिचय दिई लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक सशक्तीकरण जस्ता उपकरणको प्रयोग गरी उपन्यासको विश्लेषण गरिएको छ । यस उपन्यासमा नेपाली समाजमा कायम रहेका सामाजिक शासनव्यवस्थाका कारण नारीमाथि हुने गरेका दमन तथा हिंसाका विरुद्धमा नारीहरूले सशक्त रूपमा आवाज उठाउन तथा प्रतिकार गर्न थालेको अवस्थालाई उपन्यासमा प्रस्तुत गरिएको छ । नारीको शरीरमाथि आफ्नो अधिकार जमाउन प्रयास गर्ने, दमन र शोषण गरेर महिलालाई आफ्नो अधीनस्त बनाउन चाहने पुरुष प्रवृत्तिको विरोध उपन्यासले गरेको छ । यसमा लैङ्गिक रूपमा उत्पीडित भई सीमान्तीकृत बन्न पुगेका नारी पात्रको प्रतिनिधित्व गराइएको छ । नेपाली समाज पितृसत्तात्मक सामाजिक संरचनामा आधारित भएकाले सुरुमा नारीको पहिचान कमजोर भए पनि अन्त्यमा उत्पीडित महिलाले उत्पीडनका विरुद्ध प्रतिरोध गरेको देखाएर सीमान्तीकृत नारी समुदाय शक्तिशाली भएको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
12

Author Biography

शालिकराम Shalikram पौड्याल Paudyal, बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

पौड्याल Paudyal श. S. (2022). छाउपडी उपन्यासमा लैङ्गिकता {Gender in Chhaupadi Novel}. Prajna प्रज्ञा, 123(1), 198–207. https://doi.org/10.3126/prajna.v123i1.62651

Issue

Section

साहित्यिक अध्ययन Literary Studies