हिटलर र यहुदी उपन्यासमा युद्धअभिघात {War trauma in the novel Hitlar and Yahudi}

Authors

  • रजनी Rajani ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62646

Keywords:

आमहत्या, नरसंहार, मनोशारीरिक अवस्था, मानसिक आघात, स्नायविक समस्या

Abstract

प्रस्तुत अध्ययन हिटलर र यहुदी उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । विश्वेश्वरप्रसाद कोइरालाको हिटलर र यहुदी उपन्यासमा दोस्रो विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युरोपेली समाजको चित्रण छ । शारीरिक तथा मानसिक दीर्घकालीन चोटबाट उत्पन्न भय र त्यसले व्यक्तिमा पारेको नकारात्मक असर अभिघात हो । युद्धका चोटको केन्द्रमा लेखिएको हिटलर र यहुदी उपन्यासको विषय र चरित्रमा अभिघातपरक प्रस्तुति छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा अभिघातको अध्ययनका लागि उपन्यासमा अभिघातको प्रतिनिधित्व र अभिघातको अवस्था तथा प्रभावका आधारमा हिटलर र यहुदी उपन्यासको विषयगत सन्दर्भ र पात्रका मनेदशाको विश्लेषण गरिएको छ । दोस्रो विश्वयुद्धमा हिटलरको अहम्का कारण जातीय संहार गरिएका यहुदीको अवस्था, युद्धको समय र युद्धपछिको जर्मन समाज र त्यहाँका नागरिकको विदीर्ण मानसिकता यस उपन्यासको मूल कथ्य सन्दर्भ हो । यस उपन्यासमा युद्धले सिर्जना गरेका हिंसाका अनेक रूप चित्रित छन् । प्रस्तुत अध्ययनमा युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासका समाख्याता म पात्र लगायत युद्धले प्रत्यक्ष प्रभाव पारेका पात्रहरूको मनोशारीरिक चोटको विश्लेषण गर्दै ती चोटले पात्रको जीवनमा उत्पन्न भएको असामान्यता, विसङ्गत अवस्था र निराशाको विश्लेषण गरिएको छ । उपन्यासका घटना तथा पात्रहरूको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानव जीवनका लागि चोटपूर्ण, भयावह र निराशाजनक नै हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
17

Author Biography

रजनी Rajani ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

सहप्राध्यापक 

Downloads

Published

2022-12-31

How to Cite

ढकाल Dhakal र. R. (2022). हिटलर र यहुदी उपन्यासमा युद्धअभिघात {War trauma in the novel Hitlar and Yahudi}. Prajna प्रज्ञा, 123(1), 166–177. https://doi.org/10.3126/prajna.v123i1.62646

Issue

Section

साहित्यिक अध्ययन Literary Studies