डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}

Authors

  • धनप्रसाद Dhan Prasad सुवेदी Subedi पाटन संयुक्त क्याम्पस, ललितपुर

Keywords:

गतिशील यथार्थ, वर्गीय पक्षधरता, उपरिसरचना, द्वन्द्वात्मक भौतिकवाद

Abstract

प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ २०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्लेषण गरिएको छ । समाजवादी यथार्थवादका विभिन्न मान्यतामध्ये गतिशील यथार्थको चित्रण, वर्गसङ्घर्ष र वर्गीय पक्षधरतालाई आधार मानी उक्त उपन्यासको अध्ययन गरिएको छ । प्रस्तुत उपन्यास राणाविरोधी आन्दोलनका योद्धा रामप्रसाद राईको जीवनीमा आधारित छ । योद्धा रामप्रसाद राईको जीवनका मुख्यमुख्य घटनाको चित्रण गरिएको यस उपन्यासमा वि.सं. २००७ को राणाविरोधी आन्दोलनमा माझकिरात क्षेत्रका योद्धाले गरेको सङ्घर्षका साथै नेपालमा रहेको वर्गीय तथा जातीय विभेद, शोषण, वैदेशिक हस्तक्षेप आदिको चित्रण गरिएको छ । राणाविरोधी आन्दोलनका पृष्ठभूमिमा भएको दिल्ली सम्झौताप्रति रामप्रसाद राईहरूको विरोध देखिएपछि अन्ततः रामप्रसाद राई बेपत्ता भएको घटनाका पृष्ठभूमिमा उपन्यास केन्द्रित रहेको छ । गतिशील यथार्थ, उत्पीडित र उत्पीडकका बिचमा रहेको सङ्घर्षको चित्रणमा केन्द्रित रही सबै प्रकारका उत्पीडन अन्त्यको चाहना व्यक्त गरिएको हुँदा प्रस्तुत उपन्यास समाजवादी यथार्थवादी मान्यतामा आधारित रहेको निचोड यस अध्ययनबाट निकालिएको छ । 

Abstract
228
PDF
0

Author Biography

धनप्रसाद Dhan Prasad सुवेदी Subedi, पाटन संयुक्त क्याम्पस, ललितपुर

सहप्राध्यापक 

Downloads

Published

2022-12-31

How to Cite

डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}. (2022). Prajna प्रज्ञा, 123(1), 92-103. https://doi.org/10.3126/prajna.v123i1.62632

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}. (2022). Prajna प्रज्ञा, 123(1), 92-103. https://doi.org/10.3126/prajna.v123i1.62632