पारिजातका कवितामा वर्गपक्षधरता {Class Favoritism in Parijat’s Poetry}

Authors

  • तेजविलास Tejbilas अधिकारी Adhikari वाल्मीकि विद्यापीठ, काठमाडौँ

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62630

Keywords:

वर्गद्वन्द्व, प्रतिविम्बन, नारीमुक्ति, श्रमसौन्दर्य, वर्गस्रोत

Abstract

प्रस्तुत लेखमा पारिजातका कविताहरूमा वर्गपक्षधरताको खोजी गरिएको छ । मानवचेतनाको विकासयात्रामा मानिसले पुराना विचार र व्यवहारलाई नयाँमा बदल्दै आफ्ना समग्र परिचयलाई सङ्घर्षको परिचायक बनाएको छ । मानवजातिको सङ्घर्षपूर्ण यात्रा नै इतिहास हो । इतिहासको सङ्घर्षपूर्ण यात्रामा मान्छेले आफ्नो कर्मलाई जीवनको परिचय बनाउँछ । उसले गर्ने बौद्धिक कर्म साहित्यिक कृतिमा यथार्थको अङ्कनका साथमा देखापर्दछ । यही आधारलाई औाल्याउँदै र समस्याग्रस्त समाजभित्रका दृश्यहरूलाई सिर्जनाका माध्यमबाट कसरी शोषण र दमनमा परेका जनताको जीवन फेर्ने साधन बनाउन सकिन्छ भन्ने चेतनाको केन्द्रीकृत अभिव्यक्ति पारिजातका कविता बनेका छन् । कविताहरूमा वर्णित यिनै विषयसन्दर्भ केलाउँदै तिनमा अभिव्यक्त वर्गपक्षधरताको व्याख्या–विश्लेषण गर्नका लागि सोद्देश्यमूलक ढङ्गले सामग्रीको सङ्कलन गरिएको छ र प्रगतिवादी मान्यताअनुरूप सङ्कलित सामग्रीको विश्लेषण गरिएकाले यसमा निगमनात्मक विधिको प्रयोग भएको छ । समाजमा भएका क्रियाकलापहरूले नै वर्गद्वन्द्व जन्मने र वर्गद्वन्द्वको सही विश्लेषणले मात्र निम्नवर्ग र दमित मुक्तिको लागि यात्रा तय हुनसक्ने निष्कर्ष पारिजातका कविताहरूको अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
12

Author Biography

तेजविलास Tejbilas अधिकारी Adhikari, वाल्मीकि विद्यापीठ, काठमाडौँ

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

अधिकारी Adhikari त. T. (2022). पारिजातका कवितामा वर्गपक्षधरता {Class Favoritism in Parijat’s Poetry}. Prajna प्रज्ञा, 123(1), 66–80. https://doi.org/10.3126/prajna.v123i1.62630

Issue

Section

साहित्यिक अध्ययन Literary Studies