खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन {Linguistic Study of Niskar Archival of Khash Regime}

Authors

  • यमनाथ Yam Nath तिमिल्सिना Timilsina पृथ्वीनारायण क्याम्पस, पोखरा ।

Keywords:

अकर, उइडो, धुलस्याउली, मोड, हिलपानी

Abstract

‘खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन’ शीर्षकको यो आलेख भाषिक कोणबाट अघि बढाइएको छ । खसहरूको नेपाल आगमन, खस साम्राज्यको स्थापना, शासकहरूले भूमिदान गर्दा कर मिनाहा गरेको प्रसङ्गका साथै ‘छत्तीसी–बत्तीसी’ करहरूको खोजी गर्दै प्रत्येक करलाई नेपाली पाठकसामु चिनाउने कार्यमा यो आलेख केन्द्रित रहेको छ । पुस्तकालयबाट आवश्यक द्वितीयक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको उपयोग गर्दै नेपाली भाषा र भाषिकाका विज्ञसँग प्राचीन भाषका बारेमा छलफल गरेर आलेखलाई पूर्णता दिइएको हो । नागराजसहित खस जातिका मानिसहरू तिब्बतको खारी प्रदेश वा मानसरोवर क्षेत्रबाट पश्चिम नेपालको सिंजा उपत्यकामा आई बसोवास गरेका र तिनै नागराजले सिंजालाई केन्द्र बनाई वरपरका राज्य कब्जा गरेर खस साम्राज्यको स्थापना गरेको प्रसङ्गलाई देखाइएको छ । जनसाधारणले बोल्ने खस भाषालाई खस शासकहरूले राजकीय मान्यता दिएर अभिलेखमा सामेल गरेको उल्लेख गर्दै खस साम्राज्यका मातहतमा विभिन्न भौगोलिक तथा प्रशासनिक विभेद रहेको तथ्य प्रस्तुत गरिएको छ । भुरेटाकुरे राज्यका रजौटादेखि सामन्त तथा महासामन्तहरूले प्रजा वर्गलाई कृषि पद्धतिमा आधारित विभिन्न कर उइडो, कुडिदाम, गडाली, घुराली, मोड, रुवो, रोपाइरो आदि) लगाई राज्यभोग गरेको यथार्थलाई यहाँ समेटिएको छ । अध्ययनको मूल सामग्री राजनीतिको ऐतिहासिक, भाषिक तथा समाजशास्त्रीय हुँदाहुँदै पनि यो आलेख अन्य कोणबाट अध्ययन नगरी भाषिक अध्ययनमा केन्द्रित गरिएको छ । खस साम्राज्यका शासकले ब्राह्मबिर्ता, कुशबिर्ता आदि प्रदान गर्दा चार किल्ला तोकी उक्त भूमिमा कुनै कर नलाग्ने भनी निष्कर अभिलेखनमा समावेश गरेका करहरूलाई एकत्रित गरी नेपाली वर्णानुक्रममा राखेर उक्त करहरूलाई भाषिक कोणबाट अनुशीलन गरी अध्ययनको उपलब्धि तथा निष्कर्ष दिइएको छ ।

Abstract
179
PDF
0

Author Biography

यमनाथ Yam Nath तिमिल्सिना Timilsina, पृथ्वीनारायण क्याम्पस, पोखरा ।

सहप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन {Linguistic Study of Niskar Archival of Khash Regime}. (2022). Prajna प्रज्ञा, 123(1), 13-26. https://doi.org/10.3126/prajna.v123i1.62601

Issue

Section

भाषिक अध्ययन Linguistic studies

How to Cite

खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन {Linguistic Study of Niskar Archival of Khash Regime}. (2022). Prajna प्रज्ञा, 123(1), 13-26. https://doi.org/10.3126/prajna.v123i1.62601