नेपाली लोककथामा लोकविश्वास

Authors

  • साधना पन्त प्रतीक्षा

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60599

Keywords:

अतिकल्पना, जादु–टुना, धर्म–अनुष्ठान, लोकरीतिरिवाज, आत्मशीलता

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्त्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
41

Downloads

Published

2023-12-13

How to Cite

प्रतीक्षा स. प. (2023). नेपाली लोककथामा लोकविश्वास. Prajna प्रज्ञा, 124(2), 171–182. https://doi.org/10.3126/prajna.v124i2.60599

Issue

Section

Articles