सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना

Authors

  • ढुण्डिराज पहाडी

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60584

Keywords:

राष्ट्रवाद, वृत्ताकारीय संरचना, आन्तरिक लय, सञ्चेतना, अआख्यानात्मक कविता

Abstract

प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको उच्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहित सत्यमोहन जोशीको राष्ट्ररागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिक नेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोहन जोशीको राष्ट्रचेतको अन्तर्दृष्टि बहुजातीय नेपाली संस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
25

Downloads

Published

2023-12-13

How to Cite

पहाडी ढ. (2023). सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना. Prajna प्रज्ञा, 124(2), 86–95. https://doi.org/10.3126/prajna.v124i2.60584

Issue

Section

Articles