कथाका उपकरणहरूको अध्ययन

Authors

  • वासुदेव गौतम

DOI:

https://doi.org/10.3126/pragyaratna.v6i2.70603

Keywords:

मानव, तत्व, पूर्वीय, दर्शन, चरित्र, परिवेश

Abstract

कथा मानव उदयसँगसँगै भएको हो यसको विकास पनि मानव विकास र उदयसँगै भएको मानिन्छ । यसको प्रयोग पनि मानवले आफ्नो जीवनका अनेक पक्षमा गर्दै आएको छ । यसरी मानवले प्रयोग गर्दै आएको कथा लिपिबद्ध भने धेरैपछि मात्र भएको देखिन्छ । कथालाई लिपिबद्ध गर्नको लागि कथाकारले केही न केही कथागत सामग्रीलाई समावेश गरेर कथाको रचना गरेका छन् । आजको समयसम्म आइपुग्दा कथाले ज्यादै ठुलो फड्को मरेको छ । यही फड्को सँगै कथा लेखनको लागि आवश्यक पर्ने उपकरणहरुको उपयोगविना कथा लेखन सम्भव देखिदैन । यिनै उपकरणहरुको मेलबाट नै कथा रचना गरिएको हुन्छ । प्रस्तुत लेखमा कथाका उपकरणहरुको अध्यया विश्लेषण गर्नु नै प्रमुख उद्देश्य रहेको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्रीहरु सङ्कलन गरी विश्लेषणत्मक विधिको प्रयोग गरिएको छ ।

Abstract
43
PDF
21

Downloads

Published

2024-10-24

How to Cite

गौतम व. (2024). कथाका उपकरणहरूको अध्ययन. Pragyaratna प्रज्ञारत्न, 6(2), 271–278. https://doi.org/10.3126/pragyaratna.v6i2.70603

Issue

Section

Articles