शिक्षण अभ्यासको प्रभावकारी व्यवस्थापन

Authors

  • चन्द्रबहादुर श्रेष्ठ

DOI:

https://doi.org/10.3126/pragyaratna.v6i2.70597

Keywords:

अनुगमन, शिक्षणभार, सुपरीवेक्षण, कार्यपरक व्यवहार, तत्परता

Abstract

शिक्षण अभ्यास एक प्रयोगात्मक पाठ्यांश हो । यसले छात्र शिक्षकलाई कक्षामा सिकेको शिक्षणसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न मद्दत गर्दछ । सफल शिक्षक बन्न तथा प्रभावकारी शिक्षण गर्न व्यक्तिमा आवश्यक शैक्षिक योग्यताका साथ साथै यथार्थ शैक्षिक वातावरणको उपस्थिति पनि अपरिहार्य मानिन्छ । विषयको प्रकृतिअनुसार निर्धारित उद्देश्यअनुरूप उपयुक्त शैक्षिक सामग्री, शिक्षण सिकाई क्रियाकलाप तथा मूल्याङ्कन प्रक्रिया अवलम्बन गरेर शिक्षण गर्न शिक्षण अभ्यास प्रक्रिया अपरिहार्य मानिन्छ । वास्तविक शिक्षणमा जानु पूर्व नमुना शिक्षण एवं सूक्ष्म शिक्षण ÷ सहपाठी शिक्षण अभ्यास गरी सिकाइको तयारी गर्नु अपरीहार्य हुन्छ ।
सिकारुले सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारीक र प्रयोगात्मक बनाउन शिक्षण अभ्यास आवश्यक हुन्छ । शिक्षण अभ्यास शिक्षाशास्त्र सङ्कायको मुटु नै हो । शिक्षण अभ्यास आवश्यक र अपरीहार्य भए तापनि यसको सञ्चालन र व्यवस्थापनमा प्रशस्त समस्याहरू देखिने गरेको छ । विद्यार्थी नियमित नहुने सूक्ष्म शिक्षणमा सक्रिय सहभागी र उपस्थित नहुने, पर्याप्त सामग्रीको अभाव हुने, सिलेवस तथा मूल्याङ्कनको मर्म अनुसार शिक्षण अभ्यास सञ्चालन नहुने तथा मूल्याङ्कन कार्य प्रभावकारी नहुने जस्ता समस्याहरू छन् । यस्ता समस्यालाई समाधान गरी शिक्षण अभ्यास कार्य प्रभावकारी बनाउन आवश्यक छ (थापा र सिलवाल, २०७६) ।

Abstract
48
PDF
39

Downloads

Published

2024-10-24

How to Cite

श्रेष्ठ च. (2024). शिक्षण अभ्यासको प्रभावकारी व्यवस्थापन . Pragyaratna प्रज्ञारत्न, 6(2), 265–270. https://doi.org/10.3126/pragyaratna.v6i2.70597

Issue

Section

Articles