'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता

Authors

  • गणेशराज अधिकारी

DOI:

https://doi.org/10.3126/pragyaratna.v6i2.70552

Keywords:

कुटनीति, चेत, दृष्टान्त, सार्थकता

Abstract

तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश, सामाजिक आर्थिक अवस्था, संस्कृति, राजनीति, शिक्षा नीति, कर्तव्य र मनोभावजस्ता विषयलाई काव्यमा मुख्य विषय बनाएर तथ्यमा आधारति बनाएर प्रस्तुत गरिएको छ । कुटनीति, भौतिक उन्नति र त्रास, मानवीय भाव, धार्मिक र जैविक यथार्थता जस्ता विषय काव्यमा मुख्य विषय भएर आएका छन् । यी विषयलाई उद्देश्य बनाएर प्रस्तुत गरिएको छ । उपर्युक्त तथ्यलाई कविता सङ्ग्रहमा समेटिएकोले यथार्थ भाव सम्प्रेषण गर्न कविता सङ्ग्रहमा समेटिएका कविता सफल देखिएका छन् । यथार्थता प्रस्तुतिका दृष्टिले कविता सङ्ग्रहका कविता सामयिक, सान्दर्भिक र औचित्यपूर्ण हुन पुगेका छन् ।

Abstract
45
PDF
19

Downloads

Published

2024-10-24

How to Cite

अधिकारी ग. (2024). ’कृतासा’ कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता. Pragyaratna प्रज्ञारत्न, 6(2), 296–307. https://doi.org/10.3126/pragyaratna.v6i2.70552

Issue

Section

Articles