‘सोतला’ उपन्यासको विश्लेषण

Authors

  • राम कुमार Ram Kumar राई Rai महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/pragyaratna.v5i1.59702

Keywords:

सामाजिक अन्धविश्वास, सामाजिक–सांस्कृतिक सम्बन्ध, ऐतिहासिकराजनैतिक परिवेश, भ्रष्टचारी घुसखोरी प्रवृत्ति, व्यापारिक बेइमानी, नाफाखोरी

Abstract

डोरबहादुरद्वारा लिखित ‘सोतला’ उपन्यास तिब्बत चिनको स्वशासित क्षेत्रमा परिणत हुनुभन्दा अगाडि नै नेपाल र तिब्बतको बिचमा घनिष्ट सम्बन्ध स्थापित भइसकेको थियो भन्ने साहित्यिक दस्तावेज हो । सोतला उपन्यासलाई प्राथमिक सामग्री मानेर गुणात्मक ढाँचामा विवेच्य उपन्यासको अध्ययन विश्लेषणलाई मूल विधि मानेर प्रस्तुत लेख तयार गरिएको छ । यसमा नेपाल परापूर्व कालदेखि नै त्यस भूमिसँग नेपालीहरुको गहिरो सम्बन्ध रहिआएको अभिव्यक्तिहरु पाइन्छन्। त्यस्तै नेपाल र तिब्बत बिचको सामाजिक–सांस्कृतिक सम्बन्ध, ऐतिहासिक राजनैतिक परिवेश, गरिबीसँगको सङ्घर्षको क्रममा उपत्यकाली युवकहरु ल्हासा पुग्नु, त्यसपछि धर्म, संस्कृति र भेष–भूषा–भाषामा समेत समिश्रण आउनु, नेपाल र तिब्बत बिचको व्यापारिक सम्बन्ध र त्यसको स्थिति, त्यस क्रममा दुई सांस्कृतिक व्यक्तिहरुका वा तिब्बती र उपत्यकाली नेवारहरु बिचको वैवाहिक सम्बन्ध र सन्तानको जन्म, सांस्कृतिक विषमता एवम् सामाजिक अन्ध विश्वासका कारण खच्चड संस्कृतिको जन्म, नेपाली सरकारी कर्मचारीको भ्रष्टचारी घुसखोरी प्रवृत्ति, व्यापारिक बेइमानी र नाफाखोरी प्रवृत्तिका कारण साना व्यापारीहरुले भोग्नु परेका समस्याहरुलाई उपन्यासले प्रस्तुत गरेको छ र यस लेखमा उपन्यासका ती पाटाहरुको विश्लेषण गर्ने कार्य गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
35

Downloads

Published

2023-11-03

How to Cite

राई Rai र. क. R. K. (2023). ‘सोतला’ उपन्यासको विश्लेषण. Pragyaratna प्रज्ञारत्न, 5(1), 305–314. https://doi.org/10.3126/pragyaratna.v5i1.59702

Issue

Section

Articles