पाल्पाली स्रष्टाका उपन्यासमा साइबरप्रयोग {Cyber Prayog in Palpali Srashta's novel}

Authors

  • शंकरप्रसाद ShankarPrasad गैरे Gaire त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि Tribhuvan Multiple Campus, Palpa, T.U.

DOI:

https://doi.org/10.3126/pragyan.v8i1.67662

Keywords:

च्याट Chat, साइबर अपराध Cybercrime, साइबर विडो Cyber Vida, साइबर साहित्य Cyber Literature, साइबर सेक्स Cyber Sex

Abstract

प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएका उपन्यासहरूको अध्ययनमा केन्द्रित रहेको छ । साइबर आफैमा सिद्धान्त नभए पनि साइबर सभ्यताको विकास भएपछि त्यसको प्रभाव साहित्यमा देखिन थाल्यो । अतः उत्तरआधुनिक बहुलवादी समालोचनामा साइबरबाट प्रभावित साहित्यिक रचनाको अध्ययनका निम्ति साइबर समालोचनाको अवधारणा विकसित भएको देखिन्छ । २००६ सालबाट पाल्पाली स्रष्टाहरूले उपन्यास लेखनको आरम्भ गरेको देखिन्छ । यस क्रममा पछिल्लो दशकका उपन्यासकारहरू सीता विष्ट कार्की (सीविका)को सँघार नाघेको उज्यालो, र शिव बस्यालको बिस्मिता उपन्यासमा साइबरको विशेष प्रयोग भएको पाइन्छ भने नीलम कार्की निहारिकाद्वारा लेखिएको अर्की आइमाई उपन्यासमा पनि साइबर विषयको प्रयोग भएको पाइन्छ । प्रस्तुत लेखमा साइबरको प्रयोगलाई विषय बनाइएका पाल्पाली स्रष्टाका उपन्यासहरूलाई मुख्य स्रोत बनाई साइबर सिद्धान्तका सापेक्षमा तिनको अध्यनय गरिएको छ । अतः गुणात्मक अध्ययनअन्तर्गत सर्वेक्षणात्मक, पहिचानात्मक अध्ययन विधिका साथै मूलतः विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययनलाई सम्पन्न गरिएको छ । पाल्पाली उपन्यासकारहरूमध्ये कुनकुन उपन्यासकारले आफ्ना कुनकुन उपन्यासमा साइबरको प्रयोग गरेका छन् भन्ने मुख्य समस्यामा केन्द्रित रहेर साइबर सिद्धान्तका सापेक्षमा तिनको विश्लेषण गरी पाल्पाली उपन्यासकारका उपन्यासमध्ये मुख्यतः दुई उपन्यास सँघार नाघेको उज्यालो र बिस्मिता साइबर सभ्यताको प्रस्तुतिका दृष्टिले महत्त्वपूर्ण रहेको र अर्की आइमाई उपन्यासमा साइबरको आंशिक प्रयोग भएको विषयलाई यस अध्ययनमा निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

{The present article focuses on the study of the novels written by Palpali authors focusing on the effect of cyber. Although cyber itself is not a theory, after the development of cyber civilization, its influence began to be seen in literature. Therefore, it seems that the concept of cyber criticism has been developed for the study of literary works affected by cyber in postmodern pluralistic criticism. From the year 2006, Palpali authors seem to have started writing novels. In this context, cyber is used in the novels of Sita Bishta Karki (Sivika) and Shiv Basyal's Bismita, while another woman novel written by Neelam Karki Niharika also uses cyber. In the present article, the novels of Palpali authors, which use cyber as the subject, have been studied in relation to cyber theory. Therefore, the study has been completed using survey, identification study method as well as basically analytical method under qualitative study. Focusing on the main problem of which of the Palpali novelists have used cyber in their novels, analyzing them in relation to the cyber theory, two novels of Palpali novelists, Sanghar Naghe Ke Orta and Bismita, are important from the point of view of the presentation of cyber civilization, and the partial use of cyber in another woman's novel has been analyzed in this study. It is presented as a conclusion.}

Downloads

Download data is not yet available.
Abstract
81
PDF
16

Downloads

Published

2024-07-09

How to Cite

शंकरप्रसाद ShankarPrasad गैरे Gaire. (2024). पाल्पाली स्रष्टाका उपन्यासमा साइबरप्रयोग {Cyber Prayog in Palpali Srashta’s novel}. Pragyan, 8(1), 34–43. https://doi.org/10.3126/pragyan.v8i1.67662

Issue

Section

Articles