कठपुतलीको मन कथामा विनिर्माण {Deconstruction in the Story Kathaputaliko Man}

Authors

  • तुल्सीराम Tulsiram पोख्रेल Pokhrel Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54737

Keywords:

प्रयोगशीलता, आलङ्कारिक, अकथा, विनिर्माण, विधा भञ्जन, deconstruction, genre breakdown, non-fiction, figurative, practicality

Abstract

प्रस्तुत लेख पाश्चात्य साहित्य सिद्घान्तमा स्थापित भई नेपाली साहित्यमा विधागत र परम्परागत स्थापनालाईभत्काएर संरचनावादकै निरन्तरताका क्रममा स्थापना भएको उत्तरआधुनिकता अन्तर्गतको विनिर्वाणवादलाई आधार बनाएर इन्द्रबहादुर राईको कठपुतलीको मन कथामा विनिर्माणको अवस्थालाई अध्ययन विश्लेषण गरिएको छ । कठपुतलीको मन कथामा विनिर्माण सिद्घान्तका सापेक्षतामा कसरी अध्ययन गर्न सकिन्छ ? भन्ने यस अध्ययनको मूल शोध समस्या हो । यही समस्यामा केन्द्रित रहेर ‘कठपुतलीको मन’ कथालाई विनिर्माणवादी समालोचना सिद्घान्तका सापेक्षतामा अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य हो । प्रस्तुत समालोचनामा विनिर्माणवादी समालोचनाका आधारमा कथालाई अध्ययन गरिने हुँदा मूलतः सैद्घान्तिक विधिबाट स्थापित सिद्घान्तमा टेकेर रचनालाई विश्लेषण गरिएको छ । अनुसन्धानलाई सम्पन्न गर्न पुस्तकालयलाई स्रोत बनाई द्वितीय स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस अध्ययनको प्रमुख स्रोत सामग्रीका रुपमा ‘कठपुतलीको मन’ कथा हो भने सैद्घान्तिक स्वरुपको अध्ययनका लागि समालोचनात्मक सन्दर्भग्रन्थहरू प्रयोग गरिएका छन् । यसै सिद्घान्तअनुसार कथाकारले विधा विनिर्माणको राम्रो उदाहरण ‘कठपुतलीको मन’ कथामा दिएर प्रष्ट पारेका छन् । गुरुप्रसाद मैनालीद्वारा लिखित ‘परालको आगो’ भित्रका कथागत मूल्य र मान्यतालाई भत्काएर त्यसको विनिर्माण गरी पुनर्निर्माण गरिएको ‘कठपुतलीको मन’ कथामा विनिर्माणको प्रयोग गर्दा राईले देश, काल,वातावरणलाई ख्याल गरेर परालको आगो कथामा कथा अंश थप गरे, साथै अन्तर्वार्ता र विकथाहरू घुसाए, लाक्षणिकता जगाएर रिक्तता छाडे । मूल कथाको मूल्य मान्यता विपरित कठपुतलीको मनका अकथाहरू थपे र बहुलताको कसीमा विनिर्माणवादमा आधारित कथा लेखे । जसलाई नेपाली साहित्यमा पूर्ण रूपमा विनिर्माणवादको मान्यता अनुरूप लेखिएको प्रथम रचनाका रूपमा निरूपण गर्दै प्रस्तुत लेखमा कठपुतलीको मन कथामा विनिर्माणवादको सफल प्रयोग भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

{The present article is based on the post-modern deconstructionism established in the course of structuralism by breaking the departmental and traditional establishment in Nepali literature based on the theory of Western literature. How can the Kathaputaliko man study the relativity of deconstruction theory in the story is the main research problem of this study. The purpose of this article is to study and analyze the story of 'Kathaputaliko man in relativity to the deconstructionist critique theory, focusing on this problem. Since the present study will study the story on the basis of deconstruction, the composition have been analyzed based on the principles established by the theoretical method? The library has been used as a resource to carry out the research. The main source material of this study is the story of 'Kathaputaliko man and critical references have been used to study the theoretical form. According to this theory, the narrator has given a good example of genre deconstruction in the story 'Kathaputaliko man. Written by Guruprasad Mainali, the narrative values and beliefs within 'Straw Fire' have been dismantled and rebuilt in the story 'Kathaputaliko man. Contrary to the values of the original story, he added stories of puppet minds and wrote stories based on deconstructionism in the context of pluralism. Describing it as the first work in Nepali literature to be written in full accordance with the beliefs of deconstructionism, the present article concludes that deconstructionism has been successfully used in this story.}

Downloads

Download data is not yet available.
Abstract
32
PDF
13

Author Biography

तुल्सीराम Tulsiram पोख्रेल Pokhrel, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

Teaching Assistant

Downloads

Published

2023-05-10

How to Cite

पोख्रेल Pokhrel त. T. (2023). कठपुतलीको मन कथामा विनिर्माण {Deconstruction in the Story Kathaputaliko Man}. Pragyan, 6(1), 145–154. https://doi.org/10.3126/pragyan.v6i1.54737

Issue

Section

Articles